सेकेन्ड लेफ्टिनेन्ट गिब्राम क्रुजका आमालाई अमेरिकी सरकारले मेक्सिको फिर्ता पठाएपछि गिब्रामले आफूमाथि अमेरिकाले झेली गरेको महशुस गरेका छन्।
आफू अमेरिकी सेनामा भर्ती भएकाले आमा रोकियो गोमेजलाई गिब्राम क्रुज अमेरिकामासँगै राख्न चाहन्थे।
३० वर्षयता गिब्रामका आमा अवैध रुपमै अमेरिकामा बस्दै आएकी थिइन्। सान डिएगोमा बस्दै आएकी उनलाई अमेरिकाले ३ पटक मेक्सिको फिर्ता पठाइसकेको थियो।
त्यही पनि उनी फर्केर छोरासँगै बस्न चाहन्थिन् र अवैध रुपमा फेरि अमेरिकामै फर्किन्थिन्।
अमेरिकी सेना भएको हुनाले उनले त्यहाँको कानुनअनुसार आमालाई अमेरिकामै राख्ने अनुमतिसमेत मागेका थिए।
तर उनको अनुमति अस्वीकार भएपछि उनले आमालाई अमेरिकामा फेरि सँगै राख्न सकेनन्। सीएएनले अनुमति अस्वीकार हुनुको कारणबारे अनुसन्धान गरिरहेको छ।
गिब्राम भन्छन्,‘मलाई अमेरिकाले धोका दिएको महशुस भएको छ। जुन देशमा मैले गर्वका साथ सेवा गरिरहेको छु त्यही देशले मेरो आमालाई स्वीकार गरेन।’
गत डिसेम्बर १८ मा गिब्रामले आमा रोकियो गोमेजलाई रुँदै सान डिएगो अन्तराष्ट्रिय विमानस्थलबाट मेक्सिकोका लागि विदा गरेका थिए।
प्रतिक्रिया