ad ad

समाज


नेपालमा मातृ मृत्युमा सुधार : एक लाख शिशु जन्मिँदा १५१ आमाको मृत्यु

नेपालमा मातृ मृत्युमा सुधार : एक लाख शिशु जन्मिँदा १५१ आमाको मृत्यु

फाइल तस्बिर


नेपालखबर
चैत १०, २०७९ शुक्रबार १४:३९, काठमाडौँ

नेपालमा मातृ मृत्युमा  सुधार आएको छ। राष्ट्रिय जनगणना २०७८ ले नेपालमा प्रति एकलाख जीवित जन्ममा १५१ जना आमाको मृत्यु हुने देखाएको छ। 

सन्  २०१६ को जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण (एनडिएचएस) का अनुसार प्रति १ लाख जिवित जन्ममा मातृ मृत्यदर २३९ रहेको थियो । त्यो संख्या घटेर १५१ मा पुगेको अर्थात् ८८ जनाले कमी भएको उक्त अध्ययनले देखाएको छ। 

कुनै पनि महिलाको मृत्यु गर्भावस्थामा वा बच्चा जन्मेपछिको ४२ दिन भित्र विभिन्न प्रत्यक्ष तथा अप्रत्यक्ष कारणले हुन्छ भने त्यसलाई मातृ मृत्यु भनिन्छ। 

अध्ययनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय जनगणना २०७८ मा आधारित मातृ मृत्यु अध्ययन कार्यविधि बनाएको थियो । 

 जनगणनाका क्रममा कुनै घरपरिवारमा एक वर्षभित्र कुनै महिलाको प्रसूतिको समयमा मृत्यु भएको छ वा छैन भनी प्रश्नावली तयार पारिएको थियो र सोहि आधारमा उक्त अध्ययन गरिएको मन्त्रालयले  जानकारी  दिएको छ।

अध्ययनका क्रममा गर्भावस्थासँग सम्बन्धित ६५३ मृत्यु मध्ये ९५ प्रतिशत ६२२ मातृ मृत्यु रहेको छ। 

मातृ मृत्यु भएका महिलाहरूमध्ये ३३ प्रतिशत महिलाको मृत्यु गर्भावस्थामा, ६ प्रतिशतको प्रसव अवस्थामा र ६१ प्रतिशत महिलाको मृत्यु सुत्केरी अवस्थामा भएको पाइएको छ।

कुन प्रदेशमा कति आमाको मृत्यु?
जनगणनाको प्रतिवेदन अनुसार सबैभन्दा बढी लुम्बिनी प्रदेशमा २०७ आमाको मृत्यु हुने गरेको छ।

दोस्रोमा कर्णाली प्रदेश जहा १७२ आमाको मृत्यु हुने गरेको छ, त्यसपछि गण्डकीमा १६१, कोशी प्रदेशमा १५७, मधेश प्रदेशमा १४० आमाको मृत्यु हुने गरेको छ।

सुदूरपश्चिम प्रदेशमा १३० र बागमती प्रदेशमा ९८ आमाहरुको मृत्यु हुने गरेको  देखिएको छ।

नेपालमा ६ दशक अघिसम्म एक लाख जीवित बच्चा जन्माउँदा एक हजार पाँच सय महिलाको मृत्यु हुन्थ्यो । त्यो संख्या अहिले घटेर एक सय ५१ पुगेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .