ad ad

समाज


बस्न र हिँड्न थाले सांसद चन्द्र भण्डारी

बस्न र हिँड्न थाले सांसद चन्द्र भण्डारी

नेपालखबर
चैत ९, २०७९ बिहिबार २१:२६, काठमाडौँ

ग्यास सिलिन्डर लिक भएर आगलागी हुँदा घाइते भएका नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी आछ्यानबाट उठेर कुर्चीमा बस्न सक्ने भएका छन्। 

भारतको मुम्बईस्थित नेसनल बर्न्स सेन्टरमा उपचाररत भण्डारीको स्वास्थ्य क्रमिक रुपमा सुधार भइरहेको अस्पतालले जनाएको छ।
भण्डारीका निकट माधव न्यौपानेका अनुसार उनी बिहीबार अरुको सहयोगमा उठेर आफै कुर्सीमा बसे भने करिब ३ मिनेट जति हिँडेका थिए। 

भण्डारीको हाल फिजियोथेरापी भइरहेको छ। उनी राम्रोसँग बोल्न सक्छन् भने स्मरणशक्ति पनि ठीक छ। 

संक्रमण रोक्नका निमित्त अस्पताल प्रशासन र डाक्टरहरुले भेटघाटमा प्रतिवन्ध लगाएका छन्।

अस्पतालका प्रमुख डा. सुनिल मनोहर केश्वनीले भेटघाट अझै केही समय नगर्न निर्देशन दिएको न्यौपानेले बताए।

गत महिना खाना पकाउने ग्यास लिक भएर आगलागी हुँदा उनी र उनकी आमा घाइते भएका थिए।

आमाको उपचारको क्रममा निधन भएको थियो भने भण्डारी अहिले मुम्बईमा उपचाररत छन्। 

प्रतिनिधि सभाका सांसदसमेत रहेका भण्डारीलाई सरकारले उपचारका लागी ५५ लाख ८८ हजार १ सय ६४ रुपैयाँ सहायता दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .