मिडिया टाइकुन रुपर्ट मर्डोकले ९२ वर्षको उमेरमा पाँचौँ विवाह गर्ने भएका छन्। उनले पार्टनर एन लेस्ली स्मिथसँग विवाह गर्न लागेका हुन्।
स्मिथ ६६ वर्ष पुगेकी छन्। उनीहरुबीच गत सेप्टेम्बरमा क्यालिफोर्नियामा भेट भएको थियो।
मर्डोकले आफ्नै स्वामित्वको पत्रिका द न्युयोर्क पोस्टसँग भनेका छन्ः ‘म प्रेममा पर्न डराउँथे। तर, यो मेरो अन्तिम हो भन्ने मलाई थाहा थियो। त्यही भएको राम्रो। म खुसी छु।’
आफ्नी चौथो पत्नी जेरी हलसँग उनी गतवर्ष अलग भएका थिए।
गत शुक्रबार उनले स्मिथलाई विवाहको प्रस्ताव राखेको बताएका छन्।
स्मिथका पूर्वपतिको मृत्यु भइसकेको छ।
‘म १४ वर्षदेखि विधवा छु। रुपर्टजस्तै मेरा पति पनि व्यवसायी थिए। त्यसैले म रुपर्टकै भाषा बोल्छु। हाम्रो विश्वास साझा छ,’ उनले भनेकी छन्।
मर्डोकका सुरुवाती तीन विवाहबाट जन्मेका ६ सन्तानले पनि विवाहको खबरप्रति खुसी व्यक्त गरेका छन्।
उनीहरुले बर्खाको अन्तिमतिर बिहे गर्ने बताइएको छ।
मर्डोकले त्यसअघि अस्ट्रेलियाली विमान परिचारिका प्याट्रिसिया बुकर, स्कटल्यान्डमा जन्मेकी पत्रकार अन्ना म्यान र चीनमा जन्मेकी उद्यमी वेन्डी देङसँग विवाह गरेका थिए। एजेन्सी
Shares

प्रतिक्रिया