काठमाडौंका छुट्टा छुट्टै स्थानमा दुई जना मृत फेला परेका छन्। आइतबार काठमाडौं महानगरपालिका १३ टेकु पुलमुनी पानीमा एक जना पुरुषको शव फेला परेको हो।
अन्दाजी ४२ वर्षीय पुरुषको हाल नाम, थर, वतन खुलेको छैन।
यस्तै, काठमाडौंकै दक्षिणकाली नगरपालिका २ कोरीबाहाल बागमती खोलामा पनि एक पुरुषको शव फेला परेको छ। आइतबार फेला परेको उनको पनि पहिचान खुल्न सकेको छैन।
अन्दाजी ४० वर्षीय पुरुष रहेको प्रहरीले जनाएको छ।
घटनाको थप अनुसन्धान भइरहेको काठमाडौं प्रहरीले जानकारी दिएको छ।
39
Shares
प्रतिक्रिया