समाज


सशस्त्र प्रहरी संगठन कसैको दबाब र प्रभावमा पर्दैन : महानिरीक्षक अर्याल

सशस्त्र प्रहरी संगठन कसैको दबाब र प्रभावमा पर्दैन : महानिरीक्षक अर्याल

नेपालखबर
चैत ५ , काठमाडौँ

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले संगठन हाल कुनै पनि व्यक्ति विशेषको दबाब र प्रभावमा नरहेको बताएका छन्।

राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थमा सिनियर अधिकृतको लागि सञ्चालित विभिन्न उन्नत तालिमको प्रथम प्रवचन तथा समापनमा बोल्दै आईजीपी अर्यालले संगठनमा पद्धती बस्दै गएको दाबी गरे। 

संगठनमा सबैलाई समान र न्यायोचित अवसर प्रदान गर्ने दिशामा अघि बढिरहेको बताएका छन्। 

‘कुनै पनि संगठन व्यक्ति विशेषले मात्र निर्माण र सुधार गर्ने विषय होइन। संंगठन बलियो हुन त्यहाँ कार्यरत हरेक कर्मचारीमा सकारात्मक सोच र त्यागको भावना हुनुपर्दछ’, अर्यालले भने, ‘वर्तमान अवस्थामा संगठन अभावमा होला तर कसैको दवाब र प्रभावमा पर्ने छैन, हाम्रा न्यायका आँखाले तपाईहरु सबैलाई समान देख्ने छ, ढुक्क हुनुहोला।’

सरुवा बढुवाको विषय होस् चाहे सेवा सुविधाको विषयमा आफूले मात्र नभई सबैले अवसर प्राप्त गर्नुपर्छ भन्ने भावना हुनपर्नेमा महानिरीक्षकको जोड छ।

‘तपाई संगठनमा एउटा सामान्य सदस्य मात्र होइन विशेष हुनुहुन्छ, हरेक सदस्यसँग संगठन बदल्न सक्ने क्षमता हुन्छ। आफ्नो त्यो क्षमतालाई कार्यक्षेत्रमा लगानी गरी व्यक्तिगत स्वार्थ, आग्रह र पूर्वाग्रहरहित भएर आफ्नो कमाण्ड र नेतृत्वसँग हातेमालो गर्दै संगठन विकासको एउटै लक्ष्यका साथ अघि बढ्नुहोला’, अर्यालले भने। 

सशस्त्र प्रहरीले समान अवसर र संगठनको चेनअफ कमाण्डलाई बलियो बनाउन र सरुवालाई न्यायोचित गर्न भन्दै ‘सुरक्षा वेश अदली बदली निर्देशिका २०७९’ लागू गरेको छ। 

शुक्रबार मात्र हाल बीओपी रहेका प्रस्तावित ४५ वटा सीमा सुरक्षा गुल्ममा पहिलो पटक डीएसपी खटाइएको छ। देश भरिका २८ वटा सुरक्षा वेशमा समेत डीएसपी खटाइएको हो। अब डीएसपीले कमाण्ड गर्ने प्रस्तावित सीमा सुरक्षा गुल्म मातहत २ देखि ५ वटा बीओपी रहने छन्।

पहिले १/१ वर्ष रहेको बिओपी कमाण्ड अब ६/६ महिना हुने छ। मुख्य नाका र भन्सार तथा संवेदनशील ठाउँका बिओपी तथा वेशमा डीएसपी खटाइएको सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

चैत ५, २०७९, आइतबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.