हाल छिमेकी मुलुक भारतमा ‘एच थ्री एन टू’ इन्फ्लुएन्जा तीव्र गतिमा फैलिरहेको छ। त्यहाँ यो भाइरसका कारण शनिबारसम्म कम्तीमा दुईजनाको ज्यान गएको समाचार छ।
भारतमा हालसम्म यो भाइरसबाट संक्रमित हुनेको संख्या एक सयभन्दा माथि पुगिसकेको छ।
भारतमा यो भाइरस फैलिरहँदा खुला सिमाना रहेको नेपालमा पनि यसको जोखिम बढ्दै गएको छ।
विशेषज्ञहरुका अनुसार यो भाइरसले सबै उमेरका मानिसलाई असर गर्छ। यसका लक्षण पनि कोभिड–१९ सँग मिल्दाजुल्दा छन्।
भाइरोलोजिस्टहरूका अनुसार यो भाइरुस वायु प्रदुषण भएको ठाउँ तीव्र गतिमा फैलिन सक्छ। वायु प्रदूषण धेरै हुने नेपालका सहरमध्ये एक काठमाडौं पनि हो।
के हो ‘एच थ्री एन टू’ भाइरस?
यो भाइरस एक प्रकारको इन्फ्लुएन्जा हो, जसलाई इन्फ्लुएन्जा ‘ए’ भाइरस भनिन्छ।
यो श्वासप्रश्वासको भाइरल संक्रमण हो। जु भारत र नेपालमा हरेक वर्ष देखिन्छ। नेपालमा यो भाइरस हङकङ फ्लुबाट पनि परिचित छ।
इन्फ्लुएन्जा ‘ए’ भाइरसको यो उपप्रकार सन् १९६८ मा मानिसमा पत्ता लागेको थियो।
लक्षणहरु
ज्वरो, थकान, सास फेर्न गाह्रो हुने, बान्ता हुने, घाँटी दुख्ने, शरीर दुखाइ, आन्द्रा सुनिने र पखाला लाग्ने आदि।
पखला लाग्ने,
यी लक्षणसँगै श्वास फेर्न गाह्रो भएमा वा लगातार ज्वरो आउने, छाती दुख्ने, खान नमिल्ने, चक्कर लाग्ने जस्ता लक्षण देखिनेबित्तिकै बिरामीलाई अस्पताल लैजानु पर्छ।
बिरामीलाई यस्ता लक्षण देखिएमा जथाभावी, आफूखुसी औषधि प्रयोग गर्नु हुँदैन।
कसरी जोगिने?
सबैभन्दा पहिला प्रतिरोधात्मक क्षमता कम भएका, मधुमेह र मुटुसम्बन्धी दीर्घ रोगीले इन्फ्लुएन्जाको खोप लगाउनु पर्छ।
इन्फ्लुएन्जाको खोप लगाउँदा रुघाखोकी, ज्वरो र खोकीको जोखिम ७० प्रतिशतले कम हुने चिकित्सकहरु बताउँनछन्।
मास्कको प्रयोग गर्ने, थथाभावी बाहिरको खाने कुरा नखाने र बिरामीले भाइरस अरुमा नफैलियोस् भन्न विशेष सावधानी अपनाउनु पर्छ।
रोग प्रतिरोधी क्षमता बढाउन लागि हरियो तरकारी र पोषणयुक्त खानेकुरा पनि खानुपर्ने सल्लाह चिकित्सकहरुले दिएका छन्।
Shares

प्रतिक्रिया