ad ad

समाज


पालिका प्रमुखहरुको प्रतिवद्धता -  पाँच वर्षभित्र बालविवाह अन्त्य गर्छौं

पालिका प्रमुखहरुको प्रतिवद्धता -  पाँच वर्षभित्र बालविवाह अन्त्य गर्छौं

फाइल तस्बिर


नेपालखबर
फागुन २८, २०७९ आइतबार ५:१, जाजरकोट

जाजरकोटका स्थानीय तहका प्रमुखहरुले सन् २०२७ सम्ममा बालविवाह अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। 

पालिकाभित्र आवश्यक कार्यविधि तथा कार्यक्रम बनाई बाल विवाह, बाल श्रम अन्त्यका लागि हस्ताक्षर गर्दै पालिकाका प्रमुखहरुले २०२७ सम्म जिल्लालाई यसबाट मुक्त गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्। 

जिल्ला प्रशासन कार्यालयको अगुवाइमा जिल्लाका भेरी नगरपालिकाबाहेक अन्य पालिकाका सरकार प्रमुखको सहभागिताआयोजित कार्यक्रममा यस्तो प्रतिवद्धता व्यक्त गरिएको हो। 

आठ बुँदे साझा प्रतिबद्धता व्यक्त गर्दै बालबालिकाका माथि हुने सबै खालका हिंसासमेत अन्त्यका लागि पालिका प्रमुखहरुले प्रतिबद्धता व्यक्त गरेका छन्। 

जिल्लाका सरोकारवालाको संयुक्त बैठकमा साझा धारणा बनाई २०२७ सम्म लक्ष्य हासिल गर्ने प्रतिबद्धतामा हस्ताक्षरसमेत भएको छ। 

जिल्ला प्रशासन कार्यालयको आयोजना र सेभ द चिल्ड्रेन, पहाडी क्षेत्र विकास अभियान लगायतका अन्य सङ्घ संस्थाको सहयोगमा उक्त अन्तक्र्रिया भएको थियो। 

सेभ द चिल्ड्रेनको सहयोगमा पहाडी क्षेत्र विकास अभियानले जिल्लाका कुशे गाउँपालिकामा बालबालिकासम्बन्धी गरेका काम, बालविवाह हुन नदिन गरिएका प्रयासको विषयमा समेत जानकारी गराएको थियो। 

अन्य संस्थाले छेडागाड नगरपालिकामा गरिएको कार्यक्रमको विषयमा समेत जानकारी गराएका थिए। रासस
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .