ad ad

समाज


टिपरले दुईवटा मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको ज्यान गयो, एक घाइते

टिपरले दुईवटा मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको ज्यान गयो, एक घाइते

सांकेतिक तस्बिर


नेपालखबर
फागुन २४, २०७९ बुधबार २१:४८, काठमाडौँ

काठमाडौंको शंखरापुर नगरपालिकाको इन्द्रायणीमा टिपरको ठक्करबाट २ जनाको मृत्यु भएको छ। बुधबार साँझ २ वटा मोटरसाइकललाई ठक्कर दिँदा थप एक जनाको अवस्था गम्भीर छ। 

शाँखुबाट जोरपाटीतर्फ आइरहेको  बा ५ ख २२१४ नम्बरको टिपरले बिपरित दिशातर्फ गइरहेका बा ९४ प ४४९८ र बा ८२ प ८३५७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा शाँखुका पवनलाल श्रेष्ठ र हरि खड्का रहेका छन्।
 
दुर्घटनामा पुनम श्रेष्ठ गम्भीर घाइते  भएकी छन्। उनको स्थानीय संखरापुर अस्पतालमा उपचार हुन नसकेपछि ग्रान्डी अस्पताल रिफर गरिएको छ। 

अहिले दुर्घटनास्थलमा स्थानीयले टायर बालेर सडक अबरुद्ध गरेका छन्। उनीहरुले टिपरमा समेत आगजनी गरेका छन्।

टिपरको ठक्करबाट निधन भएका श्रेष्ठ साँखु शाखाका पूर्व अध्यक्ष एवं लावण्य सन्देश साप्ताहिकका सम्पादक रहेको नेपाल प्रेस युनियनले जनाएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .