जिल्ला अदालत सिन्धुलीले १५ वर्षीय एक बालकलाई जन्मकैदको फैसला भएको छ।
मरिण गाउँपालिका–१ आहालेकी १३ वर्षीया छलिमाया मोक्तानको हत्या कसुरमा अदालतले बालकलाई जन्मकैदको फैसला सुनाएको हो।
उनलाई जन्मकैद हुने र नाबालक देखिएकाले जन्मकैदको आधा १४ वर्ष १० महिना सात दिन कैद हुने फैसला अदालतले गरेको हो।
जिल्ला न्यायाधीश किरणप्रसाद सिवाकोटीको एकल इजलासले फैसला गरेको हो।
छलिमायासँग यौनप्रस्ताव राख्दा अस्वीकार गरपछि बालकले २ असोजमा हत्या गरेका थिए। बालिकाको घर नजिकैको जङ्गलमा रहेको खोल्सामा बालिकाको हत्या भएको थियो।
छलिमायाको शव असोज ३ गते घाँटी निमोठी, घाँटी थिची हत्या गरिएको अवस्थामा फेला परेको थियो।
छलिमायाको हत्या अभियोगमा बालकलाई ४ असोजमा मरिणको कपिलाकोटबाट प्रहरीले पक्राउ गरेको थियो।
बालकलाई गत असोज ५ गते सिन्धुली जिल्ला अदालतबाट म्याद थप गरी प्रहरीले थप अनुसन्धान गरेको थियो।
१० असोजमा अदालतले पुर्पक्षका लागि बाल सुधारगृह सानोठिमी भक्तपुरमा राख्न आदेश दिएको थियो।
बालक १८ वर्ष पूरा नभएसम्म बाल सुधार गृह सानोठिमी भक्तपुरमै रहने र त्यसपछि कारागारमा कैद भुक्तान गर्ने सिवाकोटीले बताए।

प्रतिक्रिया