समाज


काठमाडौँ उपत्यकासहित पहाडी भेगमा वर्षा हुने सम्भावना

काठमाडौँ उपत्यकासहित पहाडी भेगमा वर्षा हुने सम्भावना

फाइल फाेटाे


नेपालखबर
फागुन २०, २०७९ शनिबार ७:२३, काठमाडौँ

आज काठमाडौँ उपत्यकासहित देशका पहाडी भेगमा वर्षा हुने सम्भावना देखिएको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुसार आज दिउँसो विशेषगरी गण्डकी, कोशी र बागमती प्रदेशका पहाडी क्षेत्रमा वर्षा हुने सम्भावना बढी छ। आज दिउँसो काठमाडौँ उपत्यकामा पनि मेघगर्जन/चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको उनले जानकारी दिए।  

साथै देशका उच्च  पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

यसबाहेक आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली (आकाशमा बादल) रही देशका स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।

महाशाखाले आज बिहान जारी गरेको बुलेटिनअनुसार आज राति कोशी, गण्डकी र कर्णाली  प्रदेशका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली  प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

तापक्रम
मौसमविद् समीर श्रेष्ठका अनुसार आज बिहान ५:४५ को मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १२.८ डिग्री सेल्सियस देखिएको छ। तर यो अहिले बिहान ८ः४५ बजे पुनः अपडेट गरिनेछ भने त्यतिबेला मौसम महाशाखाले देशका अन्य स्टेसनका न्यूनतम तापक्रम विवरण पनि सार्वजनिक गर्नेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad