समाज


युवा व्यवसायी शाहमाथि आक्रमणबारेको मुद्दामा सुनुवाइ हुँदै

युवा व्यवसायी शाहमाथि आक्रमणबारेको मुद्दामा सुनुवाइ हुँदै

नेपालखबर
फागुन ११, २०७९ बिहिबार १३:३०, काठमाडौँ

नेपालगन्जमा युवा व्यवसायी अनुराग शाहमाथि भएको आक्रमणमा पक्राउ परेकाहरुको मुद्दामा बिहीबार उच्च अदालत तुल्सीपुर (नेपालगञ्ज इजलास) मा सुनुवाइ हुँदैछ।

नेपालगञ्ज घर भएका युवा व्यवसायी शाहमाथि गुण्डागर्दीमा संलग्नहरुले आक्रमण गरी घाइते बनाएका थिए। 

घाइते शाहको हाल भारतको लखनउस्थित केजीएम अस्पतालमा उपचार भइरहेको छ। चिकित्सकहरुका अनुसार शाह खतरामुक्त रहेका छन्। 

घटनालगत्तै प्रहरीले नेपालगञ्जको आपराधिक क्रियाकलापमा सक्रियहरु  प्रकाश थापा, नारायण डिसी, तुलसीराम सुनार र विनय भण्डारीलाई प्रकाउ गरेको थियो। 

उनीहरुलाई ज्यान मार्ने उद्योगमा अनुसन्धान गरी मुद्दा अगाडि बढाइएको थिए। उक्त मुद्दामा बाँके जिल्ला अदालतका न्यायाधीश बिदुर काफ्लेको इजलासले पटके देखिएकाले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो। 

आक्रमण गरेपछि भारततर्फ भाग्दै गर्दा उनीहरुलाई नेपालगञ्जको डडुवा सीमाबाट पक्राउ गरिएको थियो। 

मुद्दालाई छल्न उनीहरुले एक जनाले मात्रै आक्रमण गरेको भन्दै बयान दिएपछि राजनीतिक पहुँचका आधारमा अदालतलाई समेत प्रभाव पार्न खोजिएको पीडित परिवारले जनाएको छ। 

मुलुकी फौजदारी कार्यविधि संहिताको ७३ नम्बर बमोजिम उच्च अदालतमा पीडित परिवारले निवेदन दिएका थिए।

बिहीबार न्यायाधीशद्वय केशवराज जोशी र पुरुषोत्तम प्रसाद ढकालको इजलासमा सुनुवाइ भइरहेको छ। 

ज्यान मार्ने गरी खुँडा र खुकुरी प्रहार गरेर भएको आक्रमणबाट नेपालगञ्ज निवासी शुभमजंग शाह पनि घाइते भएका थिए। 

आक्रमणबाट गम्भीर घाइते शाहको तत्कालै नेपालगन्ज शिक्षण अस्पतालमा उपचार भएको थियो। स्थिति गम्भीर भएपछि उनलाई भारतको लखनउ लगिएको थियो। 

चिकित्सकहरूका अनुसार शरीरका विभिन्न ठाउहरुमा १ सय ५० टाँका लगाउनु परेका शाहको स्वास्थ्य खतरामुक्त छ। 

शाहलाई प्रकाश थापा, नारायण डिसी, तेलसीराम सुनार र विनय भण्डारीको समूहले खुकुरीलगायत हतियार प्रयोग गरी ज्यान मार्न खोजेको किटानी जाहेरी परेको थियो। जिल्ला अदालतले सबै आक्रमणकारीलाई पुपक्षका लागि थुनामा पठाइसकेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad