ad ad

समाज


पौवादुङमाका सामुदायिक विद्यालयमा इन्टरनेट सेवा

पौवादुङमाका सामुदायिक विद्यालयमा इन्टरनेट सेवा

फाइल।


नेपालखबर
फागुन १०, २०७९ बुधबार १०:१२, काठमाडौँ

भोजपुरको पौवादुङमा गाउँपालिकाका ३३ सामुदायिक विद्यालयमा इन्टरनेट सेवा विस्तार गरिएको छ।

सामुदायिक विद्यालयमा प्राविधिमैत्री शिक्षा प्रदान गर्ने उद्देश्यले सो सेवा उपलब्ध गराइएको हो।

नेपाल दूरसञ्चार प्राधिकरण र पौवादुङमा गाउँपालिकाबीच विद्यालयमा इन्टरनेट सेवा विस्तारको सम्झौता भएको हो। प्राधिकरणले प्रत्येक विद्यालयमा २० एमबिपीएस ननडेडिकेडेट सेवा प्रदान गरेको हो।

सम्झौताअनुसार प्राधिकरणले एक विद्यालयमा पहिलो वर्षमा रु ७३ हजार नौ सयका दरले रु २४ लाख ३८ हजार बराबरको इन्टरनेट सेवा प्रदान गर्नेछ।
 
त्यस्तै दोस्रो वर्षमा प्रतिविद्यालय रु १८ हजारसयका दरले रु छ लाख बराबरको इन्टरनेट सेवा प्रदान गर्ने पौवादुङमा गाउँपालिकाका शिक्षा शाखा प्रमुख सुनिता कटवालले जानकारी दिए।

सामुदायिक विद्यालयमा इन्टरनेट सेवा विस्तारले बालबालिकालाई नवीनतम् प्रविधियुक्त शिक्षा लिन सहज हुने गाउँपालिका अध्यक्ष किरण राईले बताए।

शिक्षालाई प्रविधिमैत्रीसँगै गुणस्तरीय बनाउन गाउँपालिकाले काम गरिरहेको उनको भनाइ छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .