सर्लाहीको हरिवन नगरपालिका– १ गणेशडाँडा निवासी १५ वर्षीया रोशनी कार्कीले छोराले जस्तै कोरामा बसेर आफ्ना बाबुको काजकिरिया सुरु गरेकी छन्।
फोक्सोको समस्याबाट पीडित उनका बुवा ३५ वर्षीय राकेश कार्कीको मंगलबार साँझ हरिवन–१ स्थित आफ्नै घरमा निधन भएको थियो।
आमा र बहिनीसँग भारतको सिक्कीममा बस्दै आएकी रोशनी बुवाको निधन भएको खबरपछि बुधबार दिउँसो आमा र बहिनीसँगै घर आइपुगेकी हुन्।
श्रीमती र छोरीहरु घर आइपुगेपछि राकेशको शव बुधबार दिउँसो ३ बजेतिर अन्त्यष्टिका लागि सर्लाहीको बागमती नदीमा लगिएको थियो।
‘कार्की दम्पतीका छोरा छैनन्, दुई छोरीमात्रै छन्,’ उनले भने, ‘आफन्त खोजेर मृतकको काजकिरिया गर्नुभन्दा छोरीले म छोराले जस्तै गरी बुवाको काजकिरिया गर्छु भन्ने इच्छा व्यक्त गरेपछि उनैलाई काममा राखिएको हो।’
छोरीले आफ्ना बुवाको काजकिरिया गर्छुभन्दा पुरेतले पनि सहमति जनाएका उनले जानकारी दिए।
Shares
प्रतिक्रिया