ad ad

लुम्बिनी


भ्रष्टाचारीलाई राजनीतिको पछ्यौरी ओढाएर उन्मुक्ति दिने चलन अब हट्नुपर्छ : गुरुङ

भ्रष्टाचारीलाई राजनीतिको पछ्यौरी ओढाएर उन्मुक्ति दिने चलन अब हट्नुपर्छ : गुरुङ

नेपालखबर
फागुन ३, २०७९ बुधबार २१:१४, बुटवल

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले भ्रष्टाचारीहरुलाई ठेगान नलगाइ देश नबन्ने बताएका छन्।

उनले भ्रष्टाचारीको कुनै जात धर्म राष्ट्रियता नहुने भन्दै कुनै पनि दलले पनि संरक्षण गर्न नहुने उल्लेख गरे। बुटवल उपमहानगरपालिको ६४ औं स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै संघीय सांसद समेत रहेका गुरुङले भ्रष्टचारीलाई राजनीतिको पछ्यौरी ओढाएर उन्मुक्ति दिने चलन हट्नुपर्ने बताए।

देशमा अहिले आर्थिक अवस्था कम्जोर बनेको भन्दै सुशासन दिन नसके मुलुकमा डरलाग्दो अवस्था आउने गुरुङको भनाइ छ। अति भएमा नेतालाई जनताले लखेट्ने दिन आउने उनले बताए।  

जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाइँले स्थानीय सरकारलाई बलियो बनाएमा मात्रै मुलुक समृद्ध बन्ने बताए। उनले संघीयता सफल पार्न स्थानीय सरकारलाई बलियो बनाउनुपर्ने उल्लेख गरे।

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवललाई मुलुककै अगुवा सहर बनाउने योजनाका साथ अगाडि बढेको बताए। उनले ऐतिहासिक, औद्योगिक र पर्यटकीय नगर बुटवललाई समृद्ध बनाउनका लागि सबैको साथ, सहयोग जरुरी रहेको उल्लेख गरे।

२०१६ साल फागुन ३ गते बुटवल खस्यौली नगरपालिका स्थापना भएको सम्झनामा उपमहानगरपालिकाले दिवस मनाएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .