समाज


नक्कली लाइसेन्ससहित एक महिला नियन्त्रणमा

नक्कली लाइसेन्ससहित एक महिला नियन्त्रणमा

सांकेतिक तस्बिर


नेपालखबर
माघ २९, २०७९ आइतबार २२:४, काठमाडौँ

नक्कली सवारी चालक अनुमति पत्रसहित ललितपुरको पुल्चोकबाट एक महिलालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।

कास्कीको पोखरा जैमरी घर भई हाल ललितपुरको नखिपोट बस्दै आएकी ३५ वर्षीया कञ्चन गुरुङलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो।

गुरुङले चलाएको बा ७८ प ५५ १० नम्बरको स्कुटर ट्राफिक प्रहरीले रोकेर चेक गर्दा गुरुङको साथबाट गंगा तामाङको नाममा रहेको (०१–०६–००२४७९७० वर्ग के) र सोही नम्बरको (वर्ग ए, बी) फोटो फरक–फरक भएको दुईओटा सवारी चालक अनुमति पत्र फेला पारेको हो।

नियन्त्रणमा आएकी गुरुङलाई २ थान सवारी चालक अनुमति पत्र र स्कुटरसहित थप अनुसन्धान तथा कारबाहीका लागि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवन पठाइएको उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad