समाज


भक्तपुरमा गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

भक्तपुरमा गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नेपालखबर
माघ २४, २०७९ मंगलबार १९:०, काठमाडौँ

भक्तपुरमा गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।

सूर्यविनायक नगरपालिका ९ पलासेस्थित सडकमा प्रदेश २–००१ च ०४११ नम्बरको गाडीले लु ८ प ६२० नम्बरको मोटरसाइकललाई मंगलबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक काभ्रे बनेपा नगरपालिका ७ बस्ने १९ वर्षीय आयुष न्यौपानेको मृत्यु भएको हो।

भक्तपुर प्रहरीका अनुसार बा २ ख ६६६९ नम्बरको बसलाई ओभरट्याक गरी जाने क्रममा उक्त गाडीले मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका उनको मध्यपुर अस्पताल ठिमीमा उपचारको क्रममा मृत्यु भएको हो। 

प्रहरीले बस र गाडी चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad