समाज


रवि लामिछानेको आरोपमा कान्तिपुरका अध्यक्ष सिरोहियाले दिए ५ बुँदे जवाफ, आरोप पुष्टि गर्न चुनौती

रवि लामिछानेको आरोपमा कान्तिपुरका अध्यक्ष सिरोहियाले दिए ५ बुँदे जवाफ, आरोप पुष्टि गर्न चुनौती

नेपालखबर
माघ २४, २०७९ मंगलबार १९:१८, काठमाडौँ

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाले आफूमाथि लगाएको आरोप पुष्टि गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई चुनौती दिएका छन्। 

आइतबार पत्रकार सम्मेलनमार्फत् लामिछानेले विभिन्न आरोप लगाएपछि त्यसको जवाफ दिँदै सिरोहियाले ती आरोपहरु प्रमाणित गरेर देखाउन चुनौतीसमेत दिएका छन्।

आफूमाथि लाञ्छना लगाएपछि मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै सिरोहियाले आफू, परिवारका सदस्य तथा कान्तिपुर मिडिया ग्रुपलाई लगाइएको लान्छना पुष्टि गर्न पनि लामिछानेलाई चुनौती दिएका छन्।

चन्द्रागिरि केबलकार, माइतीघर मण्डलामा २०७२ सालमा भएको गाडी दुर्घटना, सोल्टी होटलमा भएको भनेको घटनामा पूर्व गृहमन्त्री समेत रहेका लामिछानेले भ्रामक कुरा फैलाएको भन्दै सिरोहियाले आपत्ति जनाएका छन्। 

यस्तै, हिमालय रिइन्सुरेन्सको प्रमोटर सेयर वैध रकमबाट पारदर्शी ढंगले किनेको दाबी गर्दै उनले त्यो कसरी अवैध भयो भनेर लामिछानेसँग जवाफ मागेका छन्।

कान्तिपुर र अन्य मिडिया हाउसका कार्यालय घेर्न आउने चेतावनी दिएर लामिछानेले स्वतन्त्र प्रेसमाथि खुला धम्की दिएकाले आवश्यक कारबाही गर्न पनि सरकारसँग माग गरेका छन्। 

सिरोहियाले लामिछानेको अभिव्यक्तिका विषयमा धारणा सार्वजनिक गर्न पनि राष्ट्रिय स्वतन्त्र पार्टीसँग आग्रह गरेका छन्।

लामिछानेले धम्की दिएझै कुनै पनि पत्रकार, कर्मचारी या कार्यालयमाथि कुनै पनि किसिमको भौतिक आक्रमण गरिए त्यसको जिम्मेवारी लामिछाने र उनकै पार्टीले लिनुपर्ने सिरोहियाको विज्ञप्तिमामा उल्लेख छ।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad