ad ad

समाज


चोरी अभियोगमा काठमाडौंबाट २ जना पक्राउ

चोरी अभियोगमा काठमाडौंबाट २ जना पक्राउ

फाइल तस्बिर


नेपालखबर
माघ २४, २०७९ मंगलबार १७:५७, काठमाडौँ

काठमाडौंमा चोरी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन्। 

काठमाडौं महानगरपालिका २६ सामाखुसी टाउन प्लानिङ बस्ने रबिन गुरूङको घरबाट नगद ९ लाख रुपैयाँ चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा काठमाडौं टोखा नगरपालिका ११ भण्डारीटोल बस्ने सुनसरको इटहरी उपमहानगरपालिका १८ पकली घर भएका २० वर्षीय इकरामुल मिया र सुनसरी इनरुवा नगरपालिका १० जलपापुर घर भएका १९ वर्षीय सेहेबुब आलम रहेका छन्।

गुरूङको घरबाट माघ २३ गते नगद चोरी भएको घटना अनुसन्धानको क्रममा उनीहरूको संलग्नता रहेको खुलेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

चोरी भएको नगदमध्ये ४ लाख ५० हजार रूपैयाँ र चोरी गर्न जाँदा प्रयोग गरेका औजारहरूसहित प्रहरीले फेला पारेको छ। 

उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत महाराजगञ्ज पठाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .