मोरङको धनपालथान गाउँपालिका-३ मा ट्र्याक्टरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा सुनसरीको दुहबी नगरपालिका २ का १८ वर्षीय रुपेश चौधरी रहेका प्रहरीले जनाएको छ।
आइतबार साँझ रंगेली विराटनगर सडक खण्डमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को ३८ प १७७ नम्बरको स्कुटरलाई पूर्वतर्फ जाँदै गरेको को १ त ७८४३ नम्बरको ट्र्याक्टरले ठक्कर दिँदा दुर्घटना भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा विराटनगरको कोशी अस्पतालमा मृत्यु भएको हो। दुर्घटनामा स्कुटरको पछाडी सवार चन्द्रप्रसाद चौधरी घाइते भएका छन्।

प्रतिक्रिया