ad ad

समाज


घटनास्थलमा सुसाइड नोट, ६ महिने छोरो लिएर आफन्तकहाँ गएकी थिइन् श्रीमती

घटनास्थलमा सुसाइड नोट, ६ महिने छोरो लिएर आफन्तकहाँ गएकी थिइन् श्रीमती

तस्बिर : सराेज नेपाल/नेपालखबर


नेपालखबर
माघ २१, २०७९ शनिबार २०:१, काठमाडौँ

काठमाडौंको पुरानो बानेश्वरमा आफ्नै छोरीको हत्या गरेर आत्महत्या गरेका रामेछाप खाँडादेवीका किशोर भण्डारीले लेखेको सुसाइड नोट फेला परेको छ। 

शनिबार दिउँसो सात वर्षीय छोरीको हत्या गरेर आफू पनि आत्महत्या गरेका भण्डारीले लेखेको सुसाइड नोट भेटिएको एक प्रहरी अधिकारीले नेपालखबरलाई बताए। 

ती अधिकारीका अनुसार सुसाइड नोटमा छोरीकै कारण आफूले आत्महत्या गर्नपरेको भण्डारीले उल्लेख गरेका छन्। 

पुरानो बानेश्वरस्थित टंकप्रसाद मार्गमा फार्मेसी संचालन गर्दै आएका भण्डारीको छोरी शारिरिक रुपमा अशक्त थिइन्। उनको उपचारका लागि आफूले पहल गर्न नसकेको सुसाइड नोटमा उल्लेख गरिएको छ। 

साथै, उनले आफ्ना घर व्यवहारका कुराहरु पनि नोटमा उल्लेख गरेका छन्। उनले छोरीको घाँटी रेटेर हत्या गरेका थिए भने आफू शौचालयमा झुण्डिएको अवस्थामा फेला परेका थिए। 

भण्डारीकी श्रीमति भने शनिबार ६ महिना छोरो लिएर पेप्सिकोलास्थित आफन्तकोमा गएकी थिइन्। उनी दिउँसो फर्केर आउँदा डेराका ढोका लगाइएको थियो। 

भित्रैबाट बन्द भएपछि छिमेकीको सहयोगमा श्रीमतिले ढोका फोडेकी थिइन्। 

अहिले प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ। दुवै शवलाई पोस्टमार्टमका लागि लाने तयारी भइरहेको छ।

घटनास्थलमा काठमाडौं प्रहरी प्रमुख एसएसपी दान बहादुर कार्कीले सहितको पुगेर अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .