राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक बस्ने भएको छ। केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्न लागेको हो।
अहिले ८ बजेबाट बैठक सुरु हुने बताइएको छ।
बिहीबार बसेको पार्टीको संसदीय दल र केन्द्रीय कमिटीको संयुक्त बैठकपछि रास्वपाले गृह मन्त्रालयबारे निर्णय लिन २ दिनको समय दिएको थियो।
सो समयसीमा आजबाट सकिँदैछ। त्यसअघि पार्टी सभापति रवि लामिछानेसहितका नेताहरू आन्तरिक छलफलमा जुटेका हुन्।
पार्टीका उपसभापति समेत रहेका श्रममन्त्री डोलप्रसाद अर्यालका अनुसार आजै बैठक बसेर निर्णय लिने सम्भावना छ।
171
Shares
प्रतिक्रिया