समाज


पत्रकारका लागि निशुल्क आँखा शिविर सञ्चालन हुने

पत्रकारका लागि निशुल्क आँखा शिविर सञ्चालन हुने

नेपालखबर
माघ १८, २०७९ बुधबार १६:५९, काठमाडौँ

नेपाल पत्रकार महासंघ र नेपाल नेत्रज्योति संघबीच पत्रकारको आँखा सम्बन्धी स्वास्थ्य उपचार गर्नका लागि सम्झौता भएको छ। 

बुधबार नेपाल पत्रकार महासंघमा भएको एक कार्यक्रमका बीच दुवै संस्थाका पदाधिकारीको उपस्थितिमा उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको हो। 

नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले प्रविधिको विकाससँगै लामो समय कम्प्युटर लगायतका उपकरणको प्रयोगले पत्रकारहरुमा आँखाको स्वास्थ्य समस्या देखिन थालेको बताए। उनले दुई संस्थाबीचको सम्झौताले देशभरिका पत्रकार लाभवान्वित हुने बताए। 

नेपाल नेत्रज्योति संघ नेपालका अध्यक्ष प्रा.डा.चेतराज पन्तले जनचेतनाको अभावले आँखासम्बन्धी समस्या भएका बिरामीहरुले उपचार पाउन नसकेको बताए। उनले निको हुने आँखाका रोगीको समेत उपचार हुनसकेको भन्दै त्यसको निराकरण गर्न संस्था लागेको बताए। 

सम्झौतापत्रमा उल्लेख भएअनुसार महासंघको सवन्वयमा ६ वटा प्रदेशमा फागुनभित्र र दुवै संस्थाको स्थापना दिवसको छेको पारेर चैत महिनामा काठमाडौं उपत्यकामा रहेका पत्रकारका लागि निशुल्क आँखा शिविर आयोजना गर्ने उल्लेख छ। शिविरमा पत्रकारका लागि आवश्यक चश्मासमेत निशुल्क उपलब्ध गराइने जनाइएको छ। 

सम्झौतापत्रमा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेल र नेपाल नेत्रज्योति संघका अध्यक्ष प्रा.डा.चेतराज पन्तले हस्ताक्षर गरेका छन्। 

२०३५ सालमा स्थापना भएको गैरनाफामुलक संस्था नेपाल नेत्रज्योति संघ नेपालको आँखा स्वास्थ्यको क्षेत्रमा स्थापित संघका ४४ वटा जिल्ला शाखा, २७ वटा आँखा अस्पताल र १५० वटा आँखा उपचार केन्द्र रहेका छन्।  

कार्यक्रममा महासंघका सचिव गोविन्द चौलागाई, कोषाध्यक्ष कलेन्द्र सेजुवाल, लेखा समिति संयोजक लेखनाथ न्यौपाने र नेत्रज्योति संघका महासचिव भरत बहादुर चन्द, कोषाध्यक्ष द्रोण प्रसाद गुरागाई लगायतको उपस्थिति रहेको थियो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad