ad ad

समाज


आज मौसम कस्तो रहला?

आज मौसम कस्तो रहला?

फाइल तस्बिर


नेपालखबर
माघ १८, २०७९ बुधबार ६:४४, काठमाडौँ

नेपालको मौसममा पश्चिमी वायुको सामान्य प्रभाव जारी छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यतिबेला (बुधबार बिहान) पहाडी भेगमा आंशिक बदली (आकाशमा बादल) रही अन्य स्थानमा मौसम सामान्यतया सफा छ। तराईका केही स्थानमा हुस्सु/कुहिरो लागेको छ।

महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो प्रदेश नम्बर १, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली रही देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ। यस क्रममा प्रदेश नम्बर १, बागमती र गण्डकी प्रदेशका हिमाली भेगका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

बुलेटिनअनुसार आज राति प्रदेश नम्बर १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहनेछ। यस क्रममा प्रदेश नम्बर १, बागमती र गण्डकी प्रदेशका हिमाली भेगका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ। 

जसमा भनिएको छ : प्रदेश नम्बर १, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहनुको साथै तराईका भूभागमा बिहानीपख लागेको हुस्सु/कुहिरोले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा  सामान्य प्रभाव पर्न सक्ने सम्भावना रहेकाले आवश्यक सावधानी तथा सतर्कता अपनाउन हुन अनुरोध छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .