ad ad

समाज


निहारिका र शिवराजबीच मिलापत्र : अब श्रीमान्-श्रीमती भएर बस्ने

निहारिका र शिवराजबीच मिलापत्र : अब श्रीमान्-श्रीमती भएर बस्ने

निहारिका राजपुत र शिवराज श्रेष्ठ


नेपालखबर
माघ १७, २०७९ मंगलबार १८:२८, काठमाडौँ

बलात्कार मुद्दा लगाएकी निहारिका राजपुत भन्ने सोनाली कुमारी सिंहले शिवराज श्रेष्ठसँग मिलापत्र गरेकी छन्। 

उनीहरुले जिल्ला अदालत धनुषामा सोमबार मिलापत्र गरेका हुन्। अबदेखि उनीहरु श्रीमान्-श्रीमती भएर बस्न राजी भएका छन्। 

जिल्ला न्यायाधीश ब्रिजेस प्याकुरेलको इजलासले निहारिका र शिवराज सहमति गरेर अदालत पुगेपछि मिलापत्रको आदेश दिएका छन्। 

महोत्तरीको जलेश्वर-९ की निहारिका र धनुषाको क्षिरेश्वरनाथ-३ का शिवराजले मिलापत्रमा ३ वर्ष पहिलेदेखिको प्रेमलाई विवाहमा परिणत गरेको उल्लेख गरेका छन्।

कानुनी हिसावले उमेर नपुगे पनि पत्नीकै रुपमा बस्दै आएको मिलापत्रमा निहारिकाले स्वीकारेकी छन्। अहिले उनीहरुका एक छोरा पनि छन्। 

२०७७ भदौ ५ गते छोरा बिहान श्रेष्ठको जन्म भएको थियो। यसअघि यी सन्तान शिवराजकै भएको भन्दै निहारिकाले डीएनए परीक्षण गर्न माग गरेकी थिइन्।

उच्च अदालतको आदेश अनुसार डीएनए गरिएको थियो। शिवराजसँग डीएनए मिलेको थियो। डीएनए मिलेसँगै निहारिका र छोरालाई स्वीकार्न शिवराज तयार भएका हुन्। 

उनीहरुले शिवराज बेरोजगार भएका कारण परिवारमा विवाद भएको बताउँदै त्यो कुरा सामान्य भएको मिलापत्रमा उल्लेख छ।

शिवराजले निहारीकालाई पत्नी भएका कारण यातना नदिएको अदालतमा बताएका छन्। शिवराजले निहारीका अंश लिई अलग बसे पनि मान्ने बताएका थिए। 

‘हामी वादी प्रतिवादीहरु यतिका दिनसम्म मुद्दा लडी बाझी आयौँ, अब उपरान्त मुद्दा नलडौँ, आपसमा मिलिजाऊँ भनी हामीबीच घरसारैमा मिली जाऔँ भनी मिलीआएको व्यहोरा यो छ कि म वादी तथा नाबालक छोरासमेतलाई इज्जत आमदअनुसार खान लाउन औषधोपचार खर्च, छोराको पढाई लेखाई खर्च तथा पिता र पतिको कर्तव्य निर्वाह गर्नेछु’, मिलापत्रमा उल्लेख छ।

मिलापत्रका लागि शिवराज र निहारिका संयुक्त निवेदन लिएर अदालत पुगेका थिए।

यसअघि शिवराजविरुद्ध निहारिकाले बलात्कार कसुरमा जाहेरी दिएकी थिइन्। जिल्ला अदालतले बलात्कारको कसुरमा शिवराजलाई सफाइ दिने फैसला गरेको थियो। 

२०७८ माघ २४ गते जिल्ला अदालतले सफाइ दिने फैसला गरेपछि सरकारी वकिल कार्यालयले उच्च अदालतमा पुनरावेदन गरेको थियो।

उच्च अदालतमा अहिले पनि बलात्कार आरोपको मुद्दा विचाराधीन छ। 

निहारिकाले २०७६ कात्तिक ६ गते शिवराजले जबरजस्तीकरणी गरेको आरोप लगाएकी थिइन्।

बलात्कारपछि आफू गर्भवती भएको बताएकी निहारीकाले २०७७ भदौ ५ गते छोरा जन्माएकी थिइन्। 

शिवराजले भने निहारिका गर्भवती भएको विषयमा आफूलाई थाहा नभएको बताउँदै आएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .