श्रीमतीको हत्या गरेको आरोपमा भोजपुरको अरुण गाउँपालिका-२ बोक्ताङका ज्ञान बहादुर श्रेष्ठ पक्राउ परेका छन्। ४१ वर्षीया श्रीमति गंगा श्रेष्ठको हत्या अभियोगमाा शनिबार राति प्रहरीले उनलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार श्रेष्ठले मादक पदार्थ सेवन गरी श्रीमतीलाई घाँटी थिचेर हत्या गरेका हुन्।
श्रीमतिलाई घाँटी थिचेर हत्या गरी खाडलमा पुरेको भन्ने सूचनाको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय भोजपुर, ईलाका प्रहरी कार्यालय तिवारिभन्ञ्याङ र प्रहरी चौकी प्याउलीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया