ad ad

समाज


पाल्पामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु

पाल्पामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु

फाइल तस्बिर।


नेपालखबर
माघ १२, २०७९ बिहिबार ९:११, बुटवल

पाल्पामा  टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। सिद्धार्थ राजमार्ग अन्तर्गत तिनाउ गाउँपालिका–५ केराबारी नजिकै ना ८ ख ७९२४ नम्बरको टिप्पर सडकबाट खोलामा खस्दा दुर्घटना भएको हो।

दुर्घटनामा  टिपर चालक स्याङ्जा गल्याङ नगरपालिका–१ राम्दीका २२ वर्षिय सरोज न्यौपानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका डिएसपी बिरेन्द्र थापाले जानकारी दिए। 

पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको उक्त टिपर गएराती पौने १२ बजे सडकबाट तल खसेको थियो।

राती नै प्रहरीको टोली घटनास्थलमा पुग्दा टिपर पूर्णरुपमा क्षति भएको थियो।

खोजतलासका क्रममा आज बिहान साढे ७ बजे चालक न्यौपाने तिनाउ खोलाको पानीमा मृत फेला परेको पाल्पाका प्रवक्ता समेत रहेका डिएपी थापाले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .