समाज


‘सुस्ता बचाऊँ अभियान’का संयोजक गोपाल गुरुङको निधन

‘सुस्ता बचाऊँ अभियान’का संयोजक गोपाल गुरुङको निधन

फाइल तस्बिर : गोपाल गुरुङ


सुदीप भण्डारी
माघ ११ , बुटवल

‘सुस्ता बचाऊँ अभियान’का संयोजक गोपाल गुरुङको निधन भएको छ। नवलपरासी पश्चिमको सुस्तामा नेपाली भूमि जोगाउन २४ वर्षदेखि अभियान सञ्चालन गरिरहेका ६२ वर्षीय गुरुङको उपचारका क्रममा मंगलबार राति निधन भएको हो।

उनी मस्तिष्काघात भई झण्डै एक महिनादेखि भैरहवाको युनिभर्सल मेडिकल कलेज शिक्षण अस्पतालमा उपचाररत थिए।

नेपाल प्रहरीको हवल्दार सेवाबाट अवकाशप्राप्त गुरुङ विसं २०५५ देखि सुस्तामा बसेर भारतीय अतिक्रमणविरुद्ध लडिरहेका थिए। 

विसं २०६२ देखि भारतीय पक्षले सुस्ता अतिक्रमणलाई तीव्रता दिएपछि सोही सालको जेठ १७ गते गुरुङले ‘सुस्ता बचाऊँ अभियान’ नामको समिति गठन गरेर अतिक्रमणका विरुद्व लागेका थिए। 

यस क्रममा भारतीय सुरक्षाकर्मीले गुरुङलाई झुटा मुद्दा लगाएर बगाहा जेलमा एक वर्ष थुनेको पनि थियो। 

गोपाल गुरुङको नेतृत्वमा बनेको ‘सुस्ता बचाऊँ अभियान’ले पटक–पटक सुस्ताको नेपाली भूमि बचाउन सरकारसँग लिखित रुपमा सहयोग मागेको थियो। स्थायी सीमा नभएका कारण भारतले पटकपटक अतिक्रमण गरिरहेको सुस्तालगायत अन्य ठाउँमा स्थायी सीमा स्तम्भ राख्न गोपाल गुरुङले पहल गरिरहेका थिए। 

माघ ११, २०७९, बुधबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.