ad ad

समाज


संसद भवनअगाडि आत्मदाह प्रयास गरेका युवा गम्भीर घाइते, शरीरको ८० प्रतिशत भाग जल्यो

संसद भवनअगाडि आत्मदाह प्रयास गरेका युवा गम्भीर घाइते, शरीरको ८० प्रतिशत भाग जल्यो

नेपालखबर
माघ १०, २०७९ मंगलबार १६:३०, काठमाडौँ

संसद भवनअगाडि आत्मदाह प्रयास गरेका युवकको ८० प्रतिशत शरीर जलेको छ। 

राष्ट्रिय सभामा सम्बोधन गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको गाडी निस्किएकै समयमा पेट्रोल हालेर आत्मदाह प्रयास गरेका ती युवकको शरीर ८० प्रतिशत जलेको कीर्तिपुरस्थित बर्न अस्पतालले जनाएको छ। 

आफ्नै शरीरमा आगो लगाएका इलामको सूर्योदय नगरपालिकाका प्रेमप्रसाद आचार्यको अहिले कीर्तिपुर बर्न अस्पतालमा उपचार भइरहेको छ।

अस्पतालको आतिकालीन कक्षमा उपचाररत आर्चायलाई आधा घण्टाअगाडि त्यहाँ पुर्‍याइएको थियो। उनको ड्रेसिङ भइरहेको अस्पतालले जनाएको छ। 

उपचार भइरहे पनि उनको शरीरको अधिकांश भाग जलेकाले बचाउन कठिन रहेको अस्पतालका बर्न डिपार्टमेन्ट प्रमुख डा. किरण नकर्मीले नेपालखबरलाई बताए। 

'उहाको शरीरको ८० प्रतिशत भाग जलेको छ', उनले भने, 'हामी बचाउने प्रयासमा छौँ। तर जलेर गम्भीर घाइते भएकाले कठिनाइ भएको छ।'

आचार्यले नयाँबानेश्वरस्थित चोकमै मंगलबार दिउँसो शरीरमा आगो लगाएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .