ad ad

समाज


संसद भवनअगाडि एक पुरुषद्वारा आत्मदाह प्रयास

संसद भवनअगाडि एक पुरुषद्वारा आत्मदाह प्रयास

नेपालखबर
माघ १०, २०७९ मंगलबार १५:३४, काठमाडौँ

संसद भवन नयाँबानेश्वरअगाडि एकजना पुरुषले आत्मदाह प्रयास गरेका छन्। 

संसद बैठकमा सहभागी भएर प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्डको गाडी बाहिरिँदै गर्दा इलामका एक पुरुषले आत्मदाह प्रयास गरेका हुन्।

शरीरमा ज्वलनशील पदार्थ हालेर आत्मदाह प्रयास गर्दा इलामको सूर्योदय नगरपालिका निवासी प्रेमप्रसाद आचार्य गम्भीर घाइते भएका छन्। 

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज मैनालीले उनलाई घटनास्थलबाट तत्कालै अस्पताल लगिएको बताएका छन्। 

उनलाई प्रहरीले घटनास्थलबाट उठाएर तत्कालै कीर्तिपुस्थित बर्न अस्पताल पुर्‍याइसकेको छ। आचार्यले आत्मदाह प्रयास गर्नुको कारण भने खुलिसकेको छैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .