सशस्त्र प्रहरीका कायममुकायम वरिष्ठ हवल्दार र वरिष्ठ हवल्दार गरी झण्डै हजार जना बढुवाका लागि सिफारिस भएका छन्। सशस्त्र प्रहरीका १५२ जना सशस्त्र प्रहरी वरिष्ठ हवल्दार सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) मा बढुवा सिफारिस भएका हुन्।
ज्येष्ठताका आधारमा बढुवाका लागि सिफारिस गरिएको सशस्त्र प्रहरी प्रवक्ता एसएसपी पुरुषोतम थापाले जानकारी दिए।
यस्तै ८०७ जना कायम मुकायम सशस्त्र प्रहरी वरिष्ठ हवल्दारहरुलाई वरिष्ठ हवल्दारमा बढुवाका लागि पनि सिफारिस गरिएको छ।
यसअघि सेवा अवधि नपुग्दा उनीहरुलाई कायममुकायम बढुवा गरिएको थियो। कायममुकायमकै ज्येष्ठता कायम हुनेगरी स्थायी बढुवाका लागि सिफारिस गरिएको प्रवक्ता थापाले बताए।
प्राविधिक समूह, सञ्चार तथा इन्जिनियरिङतर्फ ३ जना कायममुकायम प्राविधिक सशस्त्र प्रहरी हवल्दार पनि हवल्दारका लागि सिफारिस भएका छन्।
माघ १०, २०७९, मंगलबार
प्रतिक्रिया