समाज


आर्थिक  विपन्न परिवारका बालबालिकालाई न्यानो कपडा वितरण

आर्थिक  विपन्न परिवारका बालबालिकालाई न्यानो कपडा वितरण

नेपालखबर
माघ ९, २०७९ सोमबार १६:४२, काठमाडौँ

काठमाडौं शंखरापुर नगरपालिका वडा नम्बर १ र २ भित्रका आर्थिक  विपन्न परिवारका बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ।

चिसोको समयमा समेत पातलो कपडा लगाएर विद्यालय जान बाध्य बालबालिकाहरू न्यानो कपडा पाउदा खुसी भएका छन् । 

न्यानो कपडा  अन्तर्गत बालबालिकालाई उपलब्ध गराइएको ट्र्याकसूटले चिसो मौसममा राहत पुगेको स्थानीयले बताए । 

विपन्न बालबालिकालाई न्यानो कपडा उपलब्ध गराएकोमा काठमाडौं  शंखरापुर नगरपालिका वडा नम्बर  १ र २ का स्थानीयले चिल्ड्रेन भिजन  नेपाल का अध्यक्ष रमेश सिलवाललाई धन्यवाद दिँदै यस्ता  कार्यक्रमलाई  निरन्तरता दिन आग्रह गरे ।

चिल्ड्रेन भिजन नेपालले  चिसोबाट जोगाउन हरेक वर्ष विपन्न बालबालिकालाई न्यानो कपडा वितरण गर्दै आएको छ । 

गत वर्ष पनिआर्थिक रुपमा विपन्न, असहाय, दलित परिवारका बालबालिकालाई न्यानो कपडा वितरण गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad