समाज


तामाङ समुदायले मनाए सोनाम ल्होछार

तामाङ समुदायले मनाए सोनाम ल्होछार

काठमाडौँको टुँडिखेलमा आइतबार आयोजित राष्ट्रिय सोनाम ल्होछार कार्यक्रममा डम्फूको तालमा नृत्य प्रस्तुत गर्दै महिला। तस्बिरः चन्द्रकला क्षेत्री/रासस


नेपालखबर
माघ ८, २०७९ आइतबार १६:२३, काठमाडौँ

तामाङ समुदायले विभिन्न कार्यक्रमको आयोजना गरी आज सोनाम ल्होछार पर्व मनाएका छन्।

काठमाडौं उपत्यकासहित तामाङ समुदायको ठूलो बस्ती रहेका स्थानहरुमा हर्षोल्लासपूर्णरुपमा सोनाम ल्होछार मनाएका हुन्।

ल्होछारको अवसरमा काठमाडौंको टुँडिखेलमा पनि विशेष महोत्सव र मेलाको आयोजना गरिएको थियो।

तीन दिनसम्म टुँडिखेलमा तामाङ समुदायले ल्होछार पर्वको अवसरमा आफ्ना सांस्कृतिक, धार्मिक नाचगान एवं झाँकी समेत प्रदर्शन गरिएको छ।

आजको दिन तामाङहरुको बसोवास रहेका स्थानमा मेला, महोत्सव लाग्ने गर्छ। आजको दिनलाई यो समुदायले नयाँ वर्षको रुपमासमेत मनाउने गर्दछन्।

मञ्जुश्री पात्रो अनुसार आजदेखि २८५९ औं वर्ष शुरु भएको छ। आजदेखि गाई वर्ष पूरा गरी बाघ वर्ष शुरु भएको छ।

हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन सोनाम ल्होछार मनाउने गरिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .