ad ad

समाज


देशभर मौसम बदली, सुदूरपश्चिम र कर्णाली प्रदेशमा हिउँ पर्ने सम्भावना

देशभर मौसम बदली, सुदूरपश्चिम र कर्णाली प्रदेशमा हिउँ पर्ने सम्भावना

फाइल फाेटाे


नेपालखबर
माघ ७, २०७९ शनिबार ६:६, काठमाडौँ

अहिले (शनिबार बिहान) सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भेगमा भूभागमा सामान्य बदली (आकाशमा बादल), मधेश प्रदेश र प्रदेश १ मा आंशिकदेखि सामान्य बदली छ भने देशका बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो पहाडी भेगमा आंशिक बदली रही देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ। यस क्रममा सुदूरपश्चिम र कर्णाली  प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक दुई  स्थानमा हल्का हिमपात हुने सम्भावना छ।

बुलेटिनअनुसार आज राति प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली रही देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ।

महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ। 

जसमा भनिएको छ : सुदूरपश्चिम र कर्णाली  प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना र तराईका धेरै भूभागमा  बिहानीपख हुस्सु/कुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा  समेत सामान्य प्रभाव पर्न सक्ने सम्भावना रहेकाले आवश्यक सावधानी  तथा सतर्कता अपनाउन हुन अनुरोध छ।

तापक्रम 
आज बिहान ५:४५ बजेको मापनअनुसार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ३.८ डिग्री सेल्सियस रहेको महाशाखाकी मौसमबिद् बिनु महर्जनले जानकारी दिइन्। यो अहिले बिहान ८:४५ बजे पुनः अपडेट गरिनेछ भने त्यतिबेला महाशाखाले देशका अन्य स्थानका न्यूनतम तापक्रम पनि सार्वजनिक गर्नेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .