ad ad

समाज


एकैपटक ७० जना सीडीओ र सहायक सीडीओको सरुवा (सूचीसहित)

एकैपटक ७० जना सीडीओ र सहायक सीडीओको सरुवा (सूचीसहित)

नेपालखबर
माघ ६, २०७९ शुक्रबार २१:३९, काठमाडौँ

सरकारले एकैपटक ७० जना प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुको सरुवा गरेको छ ।

विभिन्न जिल्लाका सीडीओ, सहायक सीडीओसहित ७० जनाको सरुवा गरिएको गृह मन्त्रालयले जनाएको छ। 

मन्त्रालयको विज्ञप्ति अनुसार पप्रधान तथा गृहमन्त्रीस्तरीय निर्णयानुसार राजपत्रांकित प्रथम (सहसचिव) र द्वितीय श्रेणी (उपसचिव)समेतका प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी लगायतका कर्मचारीहरुको सरुवा गरिएको हो। 

प्रथम श्रेणीमा रहेकी काभ्रेपलाञ्चोकका प्रजिअ हुमकला पाण्डेलाई सुनसरी, चितवनका प्रजिअ आसमान तामाङलाई गृह मन्त्रालय, सिन्धुपाल्चोकका वेदनिधि खनाललाई पर्सा, भक्तपुरका प्रजिअ रुद्रादेवी शर्मालाई गृह मन्त्रालयमा सरुवा गरिएको छ।

सुनसरीका इन्द्रदेव यादवलाई सर्लाही, सिरहाका लालबाबु कवारीलाई गोरखा, दोलखाका भोजबहादुर खतिवडालाई सिरहा पठाइएको छ।

गृहका शेखर पौड्याललाई दोलखा पठाइएको छ। प्राप्त विवरणअनुसार राजपत्राङ्कित द्वितीय श्रेणीका मुगुका प्रजिअ रोमबहादुर महतलाई नवलपरासी पश्चिम सरुवा गरिएको छ।

रौतहटका प्रजिअ कृष्णबहादुर शाहीलाई सुनसरीको सहायक प्रजिअमा पठाइएको छ।

इलामका प्रजिअ माधवप्रसाद ढुङ्गानालाई सप्तरीको सहायक प्रजिअमा, ताप्लेजुङका प्रजिअ महेशकुमार पोखरेललाई काभ्रेपलाञ्चोकको सहायक प्रजिअमा पठाइएको छ।

गृह मन्त्रालयका उपसचिव गोमादेवी चेम्जोङलाई ताप्लेजुङको प्रजिअमा पठाइएको छ भने कालिकोटका प्रजिअ रामहरि शर्मालाई धादिङको सहायक प्रजिअमा सरुवा गरिएको छ।

हुम्लाका प्रजिअ सीताराम परियारलाई इलाका प्रशासन कार्यालय साँखु, बझाङका प्रजिअ बाबुराम अर्याललाई इलाका प्रशासन कार्यालय चन्द्रौटा, बाराका प्रजिअ कृष्णबहादुर कटुवाललाई गृह मन्त्रालय, डोल्पाका प्रजिअ वेदनिधि अधिकारीलाई नुवाकोटको सहायक प्रजिअ र स्याङ्जाका प्रजिअ गङ्गाबहादुर क्षेत्रीलाई गृह मन्त्रालयमा ल्याइएको छ।

सूचीः

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .