मलेसियाको क्वालालाम्पुरबाट नेपाल आउँदै गरेको नेपाल एयरलाइन्सको आरए–४१६ विमान अवतरण गर्न नसकेर फर्किएको छ।
त्रिभुवन विमानस्थलका महाप्रवबन्धक प्रेम ठाकुरका अनुसार भिजिबिलिटी कम भएको भन्दै फर्किएको हो। ‘हाम्रोमा १६०० को भिजिबिलिटी थियो, उक्त जहाजले २२०० माग्यो र अवतरण गर्न नसकेर कोलकोत्ता डाइभर्ट छ।’
खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन नसकेपछि विमान कोलकाता पुगेर अवतरण गरेको उनले नेपालखबरलाई बताए।
आजै श्री एयरलाइन्सको अर्को विमान एयरलाइन्सको ४४० विमान पनि काठमाडौंमा भिजिबिलिटी कम भएपछि झापाको चन्द्रगढीमा अवतरण भएको थियो। महाप्रबन्धक ठाकुरका अनुसार अरु जहाजहरु भने अवतरण गरिरहेका छन्।
उक्त विमान भने अहिले् काठमाडौं विमानस्थमा अवतरण गर्ने क्रममा छ।
1.2k
Shares

प्रतिक्रिया