समाज


डा. सन्दुक रुइतका अपेक्षालाई राज्यले गम्भीरतापूर्वक लिनेछ : प्रधानमन्त्री

डा. सन्दुक रुइतका अपेक्षालाई राज्यले गम्भीरतापूर्वक लिनेछ : प्रधानमन्त्री

नेपालखबर
माघ ५, २०७९ बिहिबार ९:२७, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इसा अवार्ड जितेका वरिष्ठ नेत्र चिकित्सक डा. सन्दुक रुइतले राज्यसँग गरेका अपेक्षालाई गम्भीरतापूर्वक लिने बताएका छन्।

प्रतिष्ठित इसा अवार्ड प्राप्त गरेकोमा बधाई दिँदै प्रधानमन्त्री प्रचण्डले भनेका छन्, ‘मानव कल्याणको क्षेत्रमा उहाँको योगदान देशकै लागि प्रतिष्ठित र प्रशंसनीय छ।’

अवार्ड घोषणापछि बुधवार तिलगंगा आँखा अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै रुइतले यो अवार्डलाई कसरी लिन्छ भन्ने बारेमा आफूले ध्यान दिइरहेको पनि बताएका थिए।

प्रधानमन्त्री प्रचण्डले राज्यसँग रुइतले गरेका अपेक्षालाई गम्भीरतापूर्वक लिने बताएका छन्। ‘राज्यसँग उहाँले गरेका अपेक्षालाई सरकारले गम्भीरतापूर्वक लिनेछ।’ प्रचण्डले भनेका छन्।

इशा अवार्ड पाएपछि सामाजिक सञ्जालमा डा. रुइतलाई राष्ट्रपति बनाउनुपर्ने आवाज उठिरहेका छन्। 

तर, त्यसबारे भने आफू इच्छुक नभएको उनले बताएका छन्। ‘लोकतन्त्रमा राष्ट्रपतिको क्रेडेन्सियल र क्रेडिबिलिटी ठूलो हुन्छ, चाहे रबरस्टाम्प नै किन नहोस्। हामी सबै मिलेर राष्ट्रपतिको गरिमा बढाउनुपर्ने छु, उनले भने, ‘भारतमा कस्तो छ राष्ट्रपतिको पद, त्यसलाई पनि हेर्नुपर्छ। तर यो मेरो लागि होइन । मैले आफ्नो लिमिटेसन र स्थान राम्रोसँग बुझेको छु।’

आँखाको ज्योति गुमाएका एक लाख ८८ हजारलाई सुन्दर संसार देखाउन सफल यी डाक्टरलाई मंगलबार विश्वप्रसिद्ध इसा अवार्डले सम्मान गर्ने घोषणा गरिएको हो।

बहराइनका पूर्वराजा शेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापित ‘इसा अवार्ड फर सर्भिस टु ह्युमानिटी’ का लागि १ सय ४९ संस्थाको नाम छानिएको थियो। तर, १० लाख अमेरिकी डलर (१३ करोड रुपैयाँ) को अवार्ड डा. रुइतले पाएका छन्।

नेपालमा डा रुइतको टिमले बनाइरहेको आँखाको लेन्स अहिले वर्षमा तीन लाख जति विदेश पठाइन्छ। तर अब त्यसलाई बढाएर वर्षमा १० देखि १५ लाख पठाउने योजना उनको छ। 

अवार्डमा पाएको रकम कहाँ  खर्च गर्ने भन्नेबारे अहिले नै योजना नभएको उनले बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .