समाज


ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु, अर्का घाइते

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु, अर्का घाइते

सांकेतिक तस्बिर


नेपालखबर
माघ ४, २०७९ बुधबार १७:५३, काठमाडौँ

काठमाडौंको गोकर्णेश्वरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ। 

गोकर्णेश्वर–५ शिवचोकमा बा. ८६ प ९७६५ नम्बरको मोटरसाइकललाई यूपी ७८ एफसी १८४८ नम्बरको ट्रकले ठक्कर दिएको थियो। 

गम्भीर घाइते भएका मोटरसाइकल चालक रामेछाप उमाकुण्ड गाउँपालिका–७ घर भएका २६ वर्षीय स्माइल सुनुवारको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका उनको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ।

हाल फरार ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad