ad ad

समाज


सन्दुक रुइतले भने : राष्ट्रपतिमा इच्छा छैन, त्यो पद मेरा लागि होइन

सन्दुक रुइतले भने : राष्ट्रपतिमा इच्छा छैन, त्यो पद मेरा लागि होइन

पत्रकार सम्मेलनका क्रममा डा. सन्दुक रुइत। तस्बिर : सरोज नेपाल/नेपालखबर


नेपालखबर
माघ ४, २०७९ बुधबार १७:४८, काठमाडौँ

वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइतले राष्ट्रपति पद आफ्नो लागि नबनाएको बताएका छन्। 

बुधबार तिलगंगा आँखा अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुको प्रश्नमा उनले राष्ट्रपति पदमा आफ्नो इच्छा नरहेको बताएका हुन्। 

उनले आफूले गर्ने कामबारे राम्रोसँग जानकार रहेको बताउँदै राष्ट्रपति पदमा गएर भन्दा बाहिर रहेर नै आफूले गर्नुपर्ने कामहरु धेरै रहेको उल्लेख गरे। 

उनले राष्ट्रपति पदलाई राम्रो बनाउन गर्नुपर्ने धेरै कामहरु रहेको पनि बताए। 

मंगलबार बहराइनको प्रतिष्ठित इसा अवार्ड पाएपछि उनले आज पत्रकार सम्मेलन गरेका हुन्। 

इशा अवार्ड पाएपछि सामाजिक सञ्जालमा डा. रुइतलाई राष्ट्रपति बनाउनुपर्ने आवाज उठिरहेका छन्। 

‘लोकतन्त्रमा राष्ट्रपतिको क्रेडेन्सियल र क्रेडिबिलिटी ठूलो हुन्छ, चाहे रबरस्टाम्प नै किन नहोस्। हामी सबै मिलेर राष्ट्रपतिको गरिमा बढाउनुपर्ने छ', उनले भने, 'भारतमा कस्तो छ राष्ट्रपतिको पद, त्यसलाई पनि हेर्नुपर्छ। तर यो मेरो लागि होइन । मैले आफ्नो लिमिटेसन र स्थान राम्रोसँग बुझेको छु।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .