विख्यात नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइतले १० लाख डलर अर्थात् नेपाली रुपैयाँ १३ करोड पुरस्कारसहितको प्रतिष्ठित इसा अवार्ड प्राप्त गरेका छन्।
बहराइनका पूर्वराजा सेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापित उक्त अवार्ड हरेक दुई वर्षमा विश्वभरबाट मानव कल्याणको क्षेत्रमा क्रियाशील व्यक्ति वा संस्थालाई दिइन्छ।
डा. सन्दुक रुइत इसा अवार्डको पाँचौं संस्करणको विजेता बनेका हुन्।
114
Shares

प्रतिक्रिया