ad ad

समाज


पोखरा जहाज दुर्घटना : थप एक शव भेटियो, अब एक जना भेटिन बाँकी

पोखरा जहाज दुर्घटना : थप एक शव भेटियो, अब एक जना भेटिन बाँकी

नेपालखबर
माघ ३, २०७९ मंगलबार १८:५२, गण्डकी

पोखराको सेती खोँचमा आइतबार भएको जहाज दुर्घटनामा परेका थप एक जनाको शव फेला परेको छ। दुर्घटनास्थलदेखि तीन सय मिटर तल महिलाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक अजय केसीले जानकारी दिए। 

उनका अनुसार दुर्घटनामा परेका ७१ जनाको शव फेला परिसकेको छ। अझै एक जनाको स्थिति अज्ञात छ। गोताखोर परिचालन गरेर शवको खोजी गरिएको प्रहरी उपरीक्षक केसीले बताए। सोमबार क्षतविक्षत अवस्थामा फेला परेका शवका टुक्रा एकै व्यक्तिको हो या होइन भन्ने यकिनका लागि डीएनए परीक्षण गर्न काठमाडौँस्थित शिक्षण अस्पताल पठाइएको छ। 

“हात, करङ र टाउकाको भाग छुट्टाछुट्टै भेटिएको थियो, त्यो दुई व्यक्तिको भएको परीक्षणमा देखिएमा ७२ शव पुग्छन्, नत्र बेपत्ताको खोजीकार्य जारी रहन्छ”, प्रहरी उपरीक्षक केसीले भने।

दुर्घटनामा परी ज्यान गुमाएका २२ जनाको शव परीक्षण पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पताल भइसकेको छ। तीमध्ये १९ जनाको शव परिवारले बुझिसकेको जनाइएको छ। अस्पतालमा रहेका तीनमध्ये दुई जनाको शव बुधबार र एउटालाई केही दिनपछि परिवारलाई हस्तान्तण गरिने भएको छ। 

सनाखत हुन नसकेका, विदेशी नागरिक र चालक दलका सदस्यको शव भने शव परीक्षणका लागि मङ्गलबार काठमाडौँ पठाइएको छ। काठमाडौँदेखि पोखराका लागि उडेको यती एयरलाइन्सको जहाज आइतबार दुर्घटनामा परेको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .