ad ad

समाज


तनहुँ अदालतले सफाइ दिए पनि तत्काल छुट्दैनन् पल शाह

तनहुँ अदालतले सफाइ दिए पनि तत्काल छुट्दैनन् पल शाह

फाइल तस्बिर


नेपालखबर
माघ ३, २०७९ मंगलबार १८:३६, काठमाडौँ

नाबालिग गायिका बलात्कार मुद्दामा थुनामा रहेका अभिनेता पल शाहले सफाइ पाएका छन्।

जिल्ला अदालत तनहुँले उनलाई सफाइ दिने फैसला सुनाएको हो। 

जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले मंगलबार अन्तिम सुनुवाइ गर्दै शाहविरुद्ध लगाइएको आरोपमा दाबी नपुगेको ठहर गरेको हो। 

यसअघि नै पीडित भनिएको नाबालिग र जाहेरवालाले नै अदालतमा बलात्कारको आरोप झुटो भएको बयान दिइसकेका थिए।

पीडितले नै अदालतमा आरोपको खण्डन गरेपछि शाहले सफाइ पाएका हुन्। 

तर तनहुँ अदालतबाट सफाइ पाए पनि पल तत्काल जेलमुक्त भने हुने छैनन्। उनीविरुद्ध जिल्ला अदालत नवलपुरले अढाइ वर्ष कैदको फैसला गरेको छ। उक्त फैसला अनुसार पलले अझै डेढ वर्ष बढी कैदमा बस्नुपर्छ। 

हाल उनी तनहुँ कारागारमा छन्। 

तर पल शाहले जिल्ला अदालत नवलपुरको फैसलाविरुद्ध उच्च अदालतबाट बदर भएर सफाइ पाउने ठहरे भने उनको जेल यात्रा छोटिन सक्नेछ।

नवलपुर अदालतले बलत्कारको आरोपमा सफाइ दिए पनि बाल यौन दुरुपयोगको कसुरमा सजाय तोकेको थियो। 

तनहुँका स्रेस्तेदार मिनबहादुर कुँवरले शाहलाई सफाइ दिने फैसला भएको बताउँदै यसमा चित्त नबुझे सरकार पक्ष उच्च अदालतमा जान सक्ने बताए।

पीडित पक्ष भने उच्च अदालत जाने सम्भावना छैन। उनीहरुले यसअघि नै पल निर्दोष रहेको बयान दिइसकेका छन्। 

फैसलाको पूर्ण पाठ आउन भने समय लाग्ने अदालतले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .