गैर आवासीय नेपाली संघ (एनआरएनए) ले आज गर्न लागेको ‘पढ्दै कमाउँदै परियोजना’ सम्बन्धी अन्तरक्रिया कार्यक्रम स्थगित गरेको छ।
आज माघे संक्रान्ती पर्वसँगै संघले महत्वपूर्ण ठानेको कार्यक्रम ‘पढ्दै कमाउँदै परियोजना’को अभिमूखिकरण राखेको थियो।
तर, काठमाडौंबाट ६८ यात्रु र चालक दलकासहित ७२ जना लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको नाइन एन एएनसी एटीआर ७२ जहाज पोखरामा दुर्घटनामा परेका कारण कार्यक्रम स्थगित गरेको एनआरएनएले जनाएको छ।
‘यस्तो मानवीय सम्वेदनाको दुःखद र त्रासदीपूर्ण अवस्थामा सरकारी पदाधिकारी र हामी जिम्मेवार गैरआवासीय नेपालीहरु समेत कुनै औपचारिक कार्यक्रममा सहभागी हुन सक्ने अवस्था नरहेको र यो शोकको अवस्थामा मृत आत्मा र उनीहरुको परिवारलाई समवेदना व्यक्त गर्दै आजको कार्यक्रम अर्को मिति तय नभएसम्मको लागि स्थगित भएको जानकारी गराउँदछौँ’ विज्ञप्तिमा भनिएको छ।
Shares

प्रतिक्रिया