समाज


क्रिकेटर सन्दीप लामिछाने कारागारबाट रिहा

क्रिकेटर सन्दीप लामिछाने कारागारबाट रिहा

नेपालखबर
पुस २९, २०७९ शुक्रबार १५:११, काठमाडौँ

क्रिकेटर सन्दीप लामिछाने केन्द्रीय कारागार सुन्धाराबाट रिहा भएका छन्।

उनलाई बाबुआमाले कारागर पुगेर जिम्मा लिएका छन्।

बलात्कारसम्बन्धी मुद्दामा जिल्ला अदालतबाट तारेख बुझेपछि उनी केन्द्रीय कारागार सुन्धाराबाट रिहा भएका हुन्।

त्यसक्रममा उनका सयौँ फ्यानहरु कारागार बाहिर जम्मा भएका थिए। उनी रिहा हुँदा खादा लगाएर स्वागत गरियो भने नाराबाजी पनि भएको छ।

सन्दीपलाई लिन उनले नै यसअघि चढ्दै आएको ग३च ६६८४ नम्बरको सेतो कार लिएर बाबुआमा कारागर परिसर पुगेका थिए। त्यही कार चढेर उनी बाहिरिएका हुन्। 

स्वास्थ्य परीक्षण प्रक्रिया पूरा भइसकेपछि सन्दीपलाई बाबुआमाले बुझेर लगेका छन्। 

पहेँलो ज्याकेट र पहेँलै स्कार्पमा देखिएका सन्दीप कारागार परिसरबाट खुसी मुद्रामा निस्किएका थिए।

उच्च अदालत पाटनको आदेशअनुसार सन्दीपका दाजुले शुक्रबार जिल्ला अदालत काठमाडौंमा २० लाख धरौटी बुझाएका थिए।

भिडिओ

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .