नेपाली युवक तोया सिवाकोटीसँग विहे गरेकी माल्का इगुआन र सिवाकोटीबीचको सम्बन्ध टुटाउने प्रयास इजरायली अधिकारीहरुले गरेका छन्।
उत्तरी इजरायलका किब्बुट्जमा दुई वर्षदेखि सँगै बस्दै आएका सिवाकोटी र उनकी प्रेमिका इगुआनबीचको सम्बन्ध टुटाउने प्रयास त्यहाँका अधिकारीहरुले गरेका हुन्।
यो जोडीको प्रेम असली हो भनेर प्रमाणित गर्न नसकेको दावी गर्दै इजरायलको जनसंख्या तथा आप्रवास अधिकारीहरुले यस्तो प्रयास गरेको इजरायलको चर्चित हर्टेज दैनिकको अनलाइन संस्करणले उल्लेख गरेको छ।
इजरायलको सबैभन्दा प्रभावशाली र पुरानो मानिने दैनिकको अनलाइन संस्करणमा प्रकासित ली यारोनको रिपोर्टका अनुसार, सरकारी अधिकारीहरुले तोयालाई किब्बुट्जको अर्थ र किब्बुट्जको रंग कस्तो थियो भन्ने समेत सम्झना नरहेको दावी गरेका छन्।
सो जोडीसँग त्यहाँस्थित अफुला जिल्ला कार्यालयले अन्तर्वार्ताको क्रममा १ सय ९१ वटा प्रश्न सोधेको थियो। दुबैलाई फरक स्थानमा राखेर गरिँदा१० वटा परस्परमा बाझिएको थियो।
५३ वार्षिया इगुआन गालिलीको किब्बुट्ज इन डोरकी सदस्य हुन्। उनीसँग यसअघिको विवाहबाट २५ वर्षको मस्कुलर डिस्ट्रोफी भएका छोरा राफेलसहित तीन सन्तान छन्।
उनको छोराको हेरचाह गर्ने भाईमार्फत् ४० वर्षे तोयासँग भेट भएको थियो। तोया सफाइ मजदुरको रुपमा काम गर्छिन्। दुबैबीच इन्टरनेटमा कुराकानी हुन्थ्यो र त्यसैक्रममा मायाँ बस्यो। इन्टरनेटमार्फत् दुबैले एकअर्कालाई टाढाबाट मायाँ गरिरहे।
‘सम्बन्ध बिच्छेद भएको आठ वर्षपछि मैले मेरो जीवनको मायालुलाई भेटेँ जसले मेरा अपांग छोरासहित मेरो सबै जटिलता र समस्याहरुलाई स्वीकार गरेका छन्’ उनले भनेकी छन्, ‘चाहे जुन कोणबाट नाप्नुस्, उनको छातीमा मप्रतिको चोखो माया भेट्नुहुनेछ।’
तोया विदेशी नागरिक भएको र यहुदी नभएकै आधारमा आफूहरुलाई इजरायली अधिकारीहरुले अलग गराइदिन लागेको बिलौना इगुआनले गरेकी छन्।
यो जोडीले वकिल ओम्री अजुलाको माध्यमबाट जिल्ला कार्यालयमा पुनरावेदन गरेको छ। इगुआनले सन् २०१७ मा गृह मन्त्रालयमा तोयालाई आफ्नो पार्टनरको रुपमा इजरायलमा बस्न दिनका लागि अनुमति मागेकी थिइन्।
२० हजार सेलेक धितो जम्मा गरेपछि तोयाले इजरायलमा बस्ने अनुमाति पाएका थिए। उनीसँगै किब्बुट्जमा बस्न थाले र काम गर्ने अस्थायी अनुमति पनि पाए।
केही समयपछि इजुला दम्पत्तिले तोयालाई इजरायलमा बस्नका लागि वैधानिकता दिन मन्त्रालयमा आग्रह गरेको थियो। त्यसका लागि गत अगष्टमा सरकारी अधिकारीहरुले उनीहरुको अन्तर्वार्ता पनि लिएका थिए।
तर तीन सातापछि अफुला कार्यालयले ‘अन्तर्वार्ता बाझिएको’ भन्दै त्यसलाई अस्वीकार ग¥यो। त्यसपछि यो दम्पत्तिले अन्तर्वार्ता नेपालीमा नभै अंग्रेजीमा गरिएकाले तोयालाई प्रश्न बुझ्न समस्या भएको जानकारी गराए।
उनीहरुले प्रश्नकर्ताको गलत विषयमा पनि प्रश्न उठाए। तरपनि पुरावेदन खारेज गरियो। अजुलाले अजुलाले अदालतमा पुरावेदन गरिन्। र उनीहरुको सन् २०१९ अप्रिलमा अर्को अन्तर्वार्ता भयो।
दुबैसँग गरी करिब साढे २ घण्टा छुट्टाछुट्टै अन्तर्वार्ता भएको सो रिपोर्टमा उल्लेख गरिएको छ। तरपनि दुबैको आग्रह अस्वीकृत गरियो।
सोधिएका१ सय ९१ प्रश्नमध्ये १० वटा प्रश्नको उत्तर बाझिएको इजरायली अधिकारीहरुको दावी छ। यसै आधारमा उनीहरुको सम्बन्धका बारेमा पूर्ण रुपमा पूर्ण रुपमा विश्वस्त हुन नसकिएको दावी उनीहरुले गरेका छन्।
तोयालाई किब्बुट्जको नजिकै रहेको समुदायहरुको बारेमा जानकारी नभएको र त्यसमा प्रवेशद्वारको रंग समेत स्मरणमा नभएकाले उनीहरुबीचको सम्बन्धलाई बैधता दिन नसकिने दावी इजरायली अधिकारीहरुको छ।
अधिकारीहरुका अनुसार, अन्तर्वार्तामा तोयाले हालै दुई वटा तकिया र एउटा ब्ल्याङ्केट किनेको बताएका थिए। तर, इगुआनले चाहिँ केही पनि नकिनेको बताएकी थिइन्।
उनीहरुका वकिलले सो निर्णयको विरुद्धमा अदालतमा चुनौति दिएको छन्। नेपालमा जन्मिएका तोयालाई किब्बुट्जबारे जानकारी नहुनु स्वभाविक भएको स्मरण गराउँदै त्यसको अर्थ के हो भन्ने बारेमा जानकारी नहुनु पनि त्यति महत्वपूर्ण नभएको तर्क गरेका छन्।
‘ढोका कस्तो रंगका थियो भनेर ठ्याक्कै दुबैले सम्झिन नसकेको विषयका अर्थ के हो? के उनीहरु झुठो बोलेका छन्?’ अजुलाको तर्क छ, ‘यो दम्पत्तिको अनुरोधलाई अस्वीकार गर्न यस्ता कारणको सूची अनुपयुक्त छ।’
यो जोडीका बारेमा पर्याप्त जानकारी लिन मन्त्रालयका अधिकारीहरुले कुनै प्रत्यक्षदर्शी वा यो दम्पत्तिको साथीहरुसँग पनि सम्पर्क गर्नुपर्नेमा यो नगरेर चुकेको दावी वकिलको छ।
‘किब्बुट्जका ढोका रंग कस्तो थियो वा सिरानी किनेको थियो कि थिएन जस्ता विषयले हामी एक अर्कोको सम्बन्ध प्रगाढ छ, छैन भन्ने विषय निर्धारण गर्छ र?’ इगुआनले भनेकी छन्, ‘यस्तो अन्यायपूर्ण तथा कम महत्वको विषयले हाम्रो मायाको भविष्य निर्धारण गर्न सक्दैन।’
इगुआनका अपाङ छोरा राफेल भने तोयासँग आफ्नी आमाको विहे नभएमा आफूलाई समस्या पर्ने कुराले चिन्तित छन्। उनको कथन छ, मन्त्रालयको निर्णयका कारण तोया र आमाबीच विहे हुन सकेन भने आमाले उनलाई छाडेर अन्यत्रै जान सक्छिन्।
‘बुबाले घर छाडेदेखिनै आमा समर्पित भएर मेरो हेरचाह गरिरहनु भएको छ,’ उनले भनेका छन्, ‘बुबाले छाडेको ८ वर्षसम्म उहाँको कसैसँग सम्बन्ध रहेको थिएन त्यसैले मलाई सहज भएको थियो। तर तोया र आमा सँगै बस्न पाएनन् भने मलाई समस्या पर्नेछ।’
जनसंख्या तथा अप्रवास अधिकारीहरुले हालसम्मको अनुसन्धानबाट यो जोडी सँगै बसेको प्रमाण नभेटिएको बताउँदै पुनरावेदन भर्खरै प्राप्त भएकाले त्यस विषयमा जाँचबुझ सुरु गरिएको बताएका छन्।
Shares

प्रतिक्रिया