क्रिकेटर सन्दीप लामिछाने भोलि मात्रै जेलबाट छुट्ने भएका छन्।
उच्च अदालत पाटनले लामिछानेलाई बिहीबार २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।
तर, उनले आज नगद धरौटी बुझाउन नसक्दा भोलि मात्रै रिहा हुने भएका हुन्।
अदालतले जायजेथा वा बैंक ग्यारेन्टीलाई मान्यता नदिने भएको छ।
बिहीबार उच्च अदालतका न्यायाधीश ध्रुवराज भट्टराई र रमेश ढकालको इजलासले जिल्ला अदालतको आदेश बदर गर्दै लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो।
रिहा भएपछि लामिछाने अनुमतिबिना विदेश जान नपाउने भएका छन्।
आदेशको २० औं नम्बर बुँदामा भनिएको छ, ‘प्रतिवादीको आर्थिक अवस्था र हैसियत समेतलाई दृष्टिगत गर्दा धरौटी वापत २० लाख रुपैयाँ निर्धारण गरिएको छ। उल्लिखित धरौटीको हकमा प्रतिवादीले नगद वा सो बराबरको बैंक नमानत राख्नु पर्नेछ। धरौटी वापत जेथा राख्न प्रतिवादीलाई अनुमति हुने छैन।’
आदेशमा निर्धारित धरौटी बुझाएमा आदेशमा उल्लेखित शर्तहरुको अधिनमा रही सन्दीपलाई तारेखमा राहि मुद्दाको पुर्पक्ष गर्न भनिएको छ। यो आदेशसँगै सन्दीप शुक्रबार कार्यालय खुलेपछि छुट्ने छन्।
प्रतिक्रिया