पाकिस्तान एकेडमी अफ लेटर्स, इस्लामाबादले ‘नेपालकी आवाज’ नाममा मुर्धन्य नेपाली कवि कवियत्रीहरुका प्रतिनिधि कविताको पाकिस्तानको राष्ट्र भाषा उर्दुमा अनुवाद संग्रह प्रकाशन गरेको छ।
‘धरणीधर कोइराला–नेपाल, महानन्द सापकोटा–अब, लेखनाथ पौड्याल– पिंजराको सुगा, गोपालप्रसाद रिमाल–आमाको सपना, सिद्धिचरण श्रेष्ठ–आफ्नो परिचय, भवानी भिक्षु–दुःखको कथा, केदारमान व्यथित–चङ्गा, माधवप्रसाद घिमिरे–काली गण्डकी, विजय मल्ल–छोरीलाई नक्सा पढाउँदा, भीमनिधि तिवारी–जाग एसिया जाग, मोहन कोईराला, सारंङ्गी, जगदीश शमशेर राणा–केटी शहर जान्छे, पारिजात–वरको रुख, भूपी शेरचन– मोमवत्तिको शिखा, इश्वर वल्लभ–क्रुर विचारको कथा, वाशु शशी–एउटा यस्तो फूल चाहिएको छ, द्वारिकालाल श्रेष्ठ–यि ऑखाले खोजेका, वैरागी काइला–विवाहित महिला कामदारको डायरी, रत्न शमशेर थापा–एक अन्यहीन यात्रा, कृष्णभक्त श्रेष्ठ–मेरो पिढी, तुलसी दिवस–बलेको दियोको तल, कालीप्रसाद रिजाल–मेरो इच्छा, हरिभक्त कटुवाल–यो जिन्दगी खै के जिन्दगी, उपेन्द्र श्रेष्ठ-अध्यारो र उज्यालोको कथा, भवानी घिमिरे–असल विचार, कुन्दन शर्मा–एउटा लामो बाटो, मदन रेग्मी-तिमि समुन्द्रको नजिक र टाढा, विमल कोईराला-फल मुन्तिया, एसपी कोईराला-शुरुआत, हरि अधिकारी-अधिकारको पूजा, पुरुषोत्तम सुवेदी-लडाइको पक्षमा, व्याकुल माइला-काठमाण्डुमा हुने परिवर्तन, दिनेश अधिकारी-जाती, नवराज लम्साल-हरसालको एक उच्च हल्ला खल्ला, मोमिला(आफ्नो राष्ट्रिय मौन आवाजमा’ आदि १०८ वटा कविताको उर्दु भाषामा अनुवाद जिया-उल-मुस्तफा तुर्क, सैयद कासिफ रजा, मुनिर फैयाजले गरेका हुन्।
बाहिरी आवरण सहित ३८५ पृष्ठको यस कविता संग्रहको अनुवादमा पछिल्ला १०० बर्षमा लेखिएका नेपालका मुर्धन्य साहित्यकारका कविताहरु समेटिएका छन्।
पाकिस्तानको राष्ट्रभाषामा नेपालका कवि कवियत्रीहरुका रचना प्रकाशन हुँदा नेपाली साहित्यकारहरुको रचना र पहिचान विस्तार हुने र पाकिस्तानी साहित्यकारहरुलाई नेपाली साहित्यको स्वाद पस्किने अवसर मिल्नुका साथ दुई मित्र देशवीच साहित्यका माध्यमबाट सहयोग अदान-प्रदान हुने एवम द्वैपक्षीय समझदारी वृद्धिमा समेत मद्दत मिल्ने देखिन्छ। उक्त कविताको अनुवाद प्रकाशनको कार्यमा नेपाली राजदूतावास, इस्लामाबादले सहजिकरण गरेको थियो।
Shares

प्रतिक्रिया