समाज


नाबालिग बलात्कारको मुद्दामा ७१ वर्षीय बृद्धलाई १९ वर्ष कैद

नाबालिग बलात्कारको मुद्दामा ७१ वर्षीय बृद्धलाई १९ वर्ष कैद

नेपालखबर
पुस २४, २०७९ आइतबार १५:२७, काठमाडौँ

जिल्ला अदालत कास्कीले बलात्कारको मुद्दामा सफाइ दिएका व्यक्तिलाई उच्च अदालत पोखराले १९ वर्ष कैदको फैसला गरेको छ।

पोखरा महानगरपालिका २८ माझठानाका ७१ वर्षीय तारानाथ तिवारीलाई उच्च अदालतको फैसलापछि कारागार चलान गरिएको कास्कीका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए। 

तिवारीले अपाङ्गता भएकी नावालिगलाई जबरजस्ती करणी गरेको अभियोग थियो। २०७६ साउन ७ गते घटना भएको थियो। जिल्ला अदालतले २०७७ असोज २७ गते सफाइ दिएको थियो। सुरुमा उनलाई जिल्ला अदालतले नै पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो।  

तर सफाइ दिने फैसलापछि तिवारी छुटेका थिए। तर उच्च अदालतले जिल्ला अदालतको फैसला उल्टाई १९ वर्ष ३ महिना कैद, १० हजार रुपैयाँ जरिवाना र २ लाख रुपैयाँ क्षतिपूर्ति तोकेको थियो। 

गत वैशाख १४ गतेको फैसलापछि फरार रहेका तिवारीलाई प्रहरीले शुक्रबार घरबाटै पक्राउ गरेको थियो। आइतबार जिल्ला अदालतमा उपस्थित गराई कैद भुक्तानका लागि कारागार चलान गरिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad