समाज


बैंकिङ क्षेत्रमा हड्ताल नगर्न उच्च अदालतको आदेश

बैंकिङ क्षेत्रमा हड्ताल नगर्न उच्च अदालतको आदेश

नेपालखबर
पुस १०, २०७६ बिहिबार ९:३,

उच्च अदालत पाटनले बैंकिङ अत्यावश्यक क्षेत्र भएकाले कुनै पनि कार्यालयमा हड्तालजन्य कार्य नगर्न नगराउन अन्तरिम आदेश जारी गरेको छ। 

न्यायाधीश टेकनारायण कुँवरको एकल इजालासले कार्यालयको काममा कुनै पनि किसिमको हड्तालजन्य कार्य नगर्न अन्तरिम आदेश जारी गरेको हो।

आदेशमा भनिएको छ, “बैंकिङ क्षेत्र अत्यावश्यक क्षेत्र हो, कुनै पनि कार्यालयमा कुनै किसिमको हड्तालजन्य कार्य नगर्नू नगराउनू तथा संस्थाका सम्पूर्ण कार्यालयको काममा कुनै पनि बाधा अवरोध नगर्नू , नगराउनू ।”

सर्वसाधारण नागरिकको सुविधासँग बैंकिङ सेवा सम्बन्धित रहेको हुँदा विसं २०७६ असोज २७ गते प्रकाशित राजपत्रानुसार यस्तो अतिआवश्यक सेवामा संलग्न कर्मचारीलाई हड्ताल गर्न निषेध गरेको र हड्ताल गर्ने कार्य अत्यावश्यक सेवा सञ्चालन ऐन, २०१४ विपरित भएको आदेशमा छ। 

नाडेप लघुवित्त वित्तीय संस्थाका तर्फबाट उपेन्द्रबहादुर कार्कीले कर्मचारी सङ्गठन नाडेप लघुवित्तीय संस्थाका विरुद्धमा  उच्च अदालतमा रिट निवेदन दायर गरेको थियो। अदालतले यही पुस १६ गते छलफलका लागि दुवै पक्षलाई बोलाएको छ। रासस

(राससको गल्तीका कारण यसअधि यस समचारमा सर्वोच्चको आदेश पर्न गएकोमा सच्याएका छौँ– सम्पादक)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad