ad ad

समाज


मापसे गरी सवारी साधन चलाउने तीनजनालाई अभद्र व्यवहारमा मुद्दा

मापसे गरी सवारी साधन चलाउने तीनजनालाई अभद्र व्यवहारमा मुद्दा

फाइल फोटाे


नेपालखबर
पुस १७, २०७९ आइतबार १८:२८, काठमाडौँ

मादक पदार्थ सेवन गरी सार्वजनिक सवारी साधन चलाउने तीन जना चालकलाई अभद्र व्यवहारमा मुद्दा दर्ता गरिएको छ।

शनिबार रातिकाठमाडौंको फर्पिङ, नागढुंगा र भक्तपुरको कमलविनायकबाट मदिरा पिएर सवारी साधन चलाउँदै गर्दा उनीहरु पक्राउ परेका थिए।

काठमाडौंको फर्पिङबाट शनिबार पक्राउ परेका ना १ ज ६६ २४ नम्बरको भाडाको टाटा सुमो चालक मकवानपुरको हेटौँडाका २८ वर्षीय मनोज रुम्बालाई प्रहरी वृत कीर्तिपुरले अभद्र व्यवहार मुद्दामा चार दिन म्याद थप गरी आवश्यक अनुसन्धान शुरु गरेको छ।

यस्तै, नागढुंगाबाट पक्राउ परेका ना २ ख ८२ १५ नम्बरको भाडाको ट्रक चालक रुपन्देही घर भएका ३९ वर्षीय शैलेन्द्र लोधलाई प्रहरी वृत थानकोटबाट अभद्र व्यवहारमा मुद्दामा सात दिन म्याद थप गरि अनुसन्धान भइरहेको छ। 

यता, भक्तपुरको कमलबिनायकबाट ना ४ ख ५१२ नम्बरको भाडाको टिपर चलाउँदै गरेका चालक काभ्रेपलाञ्चोक घर भएका २४ वर्षीय नबिन मिजारलाई पनि सोही मुद्दामा पाँच दिनको म्याद थप गरी प्रहरी वृत जगातीबाट अनुसन्धान सुरु गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरिक्षक राजेन्द्र प्रसाद भट्टले बताएका छन्।

रमाइलोको बहानामा पिएको नशालु पदार्थले मस्तिष्कको सोचाई क्षमतामा ह्रास आउने र सवारी साधनको रफ्तार समेत आंकलन गर्न नसक्ने हुँदा गम्भीर सवारी दुर्घटना हुने जोखिमलाई नकार्न नसकिने भएकाले सम्भावित दुर्घटना रोकथामका लागी रात्रिकालिन मापसे चेकजाँचलाई ट्राफिक प्रहरीले तिव्रता दिएको समेत उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .